ताजा समाचार

४५ लाखसहित गाडीचालक पक्राउ

विराटनगर २२ फागुन। विराटनगरको रानी भन्सारबाट प्रहरीले ४५ लाख नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

रानी भन्सारको मुख्य गेट नेपालतर्फबाट आउदै गरेको बी आर ११ ए ए ६२६५ नम्बरको कार सहित विहान १० बजे प्रहरीले भारत अररिया फारबीसगञ्चका ४५ वर्षीय नारायण साहलाई पक्राउ गरेको हो ।

जोगबनीबाट विराटनगर तर्फ आउने क्रममा शाहले हाकेको गाडी चेकजाँच गर्नेक्रममा सिटमा लुकाई राखेको रकम बरामद गरेको जिल्ला प्रहरी प्रमुख एसपी अरुण बिसीले जानकारी दिनु भयो ।

एसपी बिसीले साह गाडीचालक मात्र रहेको र गाडी धनी पहिचान हुन नसकेको बताएका छन् । उनले भने ‘हामी अनुसन्धानको प्रक्रियामा छौं, गाडीधनी र के प्रयोजनका लागि यो पैसा नेपाल तर्फ आएको हो यो चाडै खुल्ने छ’ । । एसपी बिसीले उक्त रकम हुण्डीमार्फत ल्याएको हुन सक्ने आशंका  गरेका छन ।

साहमाथि सम्पत्ति शुद्धीकरण अभियोगमा मुद्धा चलाउने तयारी गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org