गाउँपालिकाले रकम निकासा नगर्दा प्राथमिक तहका विद्यार्थीले पुस्तक पाएनन्

हुम्ला २३ फागुन । हुम्लामा गाउँपालिकाको कार्यालयलले रकम निकासा नगर्दा प्राथमिक तहको कक्षा १ देखी ५ सम्मका पाठ्यपुस्तक किन्न समस्या भएको छ ।
पौष महिनामा नै हरेक विद्यालयको खातामा पाठ्यपुस्तकको रकम निकासा गर्नु पर्नेमा मध्य फागुनसम्म पनि रकम निकासा नुहँदा यस्तो समस्या भएको हो ।
सरकारले प्राथमिक तहको पाठ्यपुस्तक विद्यालयले खरिद गरी निःशूल्क वितरण गर्ने प्रावधान भएता पनि हाल बालबालिकाहरुले पुस्तक पाउन सकिरहेका छैनन् । नयाँ शैक्षिक शत्र सुरु भएको १ हप्ता बढी वित्यो । तर, विद्यार्थीले पाठ्यपुस्तक सहज रुपमा पाउन सकिरहेका छैनन् । हुम्लालगायत कर्णालीका जिल्लामा मंसिरमा शैक्षिक सत्र अन्त्य हुने र फागुनबाट सुरु हुनुपर्नेमा हाल विद्यालय खुलेता पनि विद्यार्थीले पाठ्पुस्तक नपाउँदा पठन–पाठनमाका लागि असहजता भएको हो ।
जिल्ला शिक्षा कार्यलय, हुम्लाले पाठ्यपुस्तक ढुवानीको लागि ३ जना एजेन्टमार्फत कामकारबाही अगाडि बढाए एता पनि हाल सिमिकोट र नाम्खा गाउँपालिकाको लागि मात्र रोकाया पुस्तकले पाठ्यपुस्तकको विक्रि वितरण गरिरहेको छ । जिल्लाको दक्षिणी भागको अदानचली, ताँजाकोट, सर्केगाड, चंखेलीका विद्यार्थीको लाििग सोही ठाउँबाट पाठ्यपुस्तक उपलब्ध गराउनको लागि स्थानिय पुस्तक एजेण्ट मानदेव शाही र लोकेन्द्र रावतलाई जिम्मा दिएको भएता पनि पुस्तक ढुवानी नगरेको भन्दै त्यहाँका स्थानीहरुले आरोप लगाएका छन् ।
उच्च हिमाली भेगमा हिउँको कारण दक्षिणी भेगेको कर्णालीको तिरै तिर हिँडेर पुस्तक किन्नको लागि ६ दिन लागेको मदानादेव माविका कक्षा ८ मा अध्ययनरत सविता बुढाले बताए । ‘मने लेकमा हिउँ छ, चिसोमा लेक लाग्ने जोखिम हुन्छ, चिप्लने डर पनि उत्तिकै छ, किताव किन्नकै लागि ज्यान जोखिममा राखेर साथीहरुसँग सिमिकोट आए,’ उनले भने । त्यस्तै गरी कोट मावि रोडिकोटका रामबहादुर रोकायले आफुहरुले ३ घण्टाको दुरीमा रहेको सर्केगाडबाट किताब किन्न पाउने शिक्षा कार्यलयले व्यवस्था गरेको भएता पनि हाल ४ दिनको बाटो लगाएर किताब किन्न आएको बताउनु भयो । सरकारले किताव ल्याउनको लागि स्थानीय व्यापारीलाई जिम्मा दिएको थाहा पाएका थियौं । फागुन ३ गतेबाट विद्यालय खुलिसक्यो, पढाई छुट्ला कि भनेर ४ दिनको पेदल हिँडेर सिमिकोट किताव किन्न आयौँ,’ उनले भने ।
किताव बेच्ने जिम्मा पाएका एजेण्ट मध्ये हाल सिमिकोटमा रहेको रोकाया पुस्तक पसलले मात्र पुस्तक जिल्लामा ढुवानी गरेको छ । सिमिकोट, खार्पुनाथ र नाम्खा गाउँपालिकाको विद्यालयको लागि मात्र आफूले जिम्मा पाएको भएता पनि जिल्ला भरीका विद्यार्थीको लागि किताब बेच्नु परेको रोकाया पुस्तक पसलका सञ्चालक धनजवा रोकायाले बताउनु भयो।
Comments
अरु समाचार
-
विराटनगरमा अस्पतालबाट खस्दा डाक्टरकाे मृत्यु
काठमाडौं । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एकजना इन्टर्न डाक्टरको मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार बिहान करिब...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
अनियमित मौसमको असर : यस वर्ष धान उत्पादन घट्यो
भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि...
-
सञ्चय कोषको बाँकी रकम हिसाब मिलान गर्नू : अर्थ मन्त्रालय
काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारी सञ्चय कोषमा विगतमा कोषकट्टी भई बाँकी रहेका रकमको भुक्तानी लिन सम्बन्धित सञ्चयकर्तालाई आग्रह गरेको छ।...
-
आगामी निर्वाचनमा उम्मेदवारले सवारीसाधन प्रयोग गर्ने व्यवस्था कस्तो ?
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति...
-
जेनजी समूहको संयुक्त बैठकले मिरजलाई संयोजक तोक्यो, सरकार अपदस्थ गर्नेसम्मका योजना
काठमाडौं । जेनजी आन्दोलनलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यसहित ३० भन्दा बढी जेनजी समूहहरूको संयुक्त बैठकले मिरज ढुङ्गानालाई संयोजक चयन...
-
साफ महिला च्याम्पियनसिप : एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...












