एकै समय दुईतिर काम गर्ने डाक्टरलाई कारबाहीको चेतावनी
काठमाण्डौ २५ फागुन । मन्त्रिपरिषद्का एकजना वरिष्ठ सदस्यले एउटै समयमा निजी क्षेत्र र सरकारी अस्पतालमा काम गर्ने चिकित्सकलाई कारवाहीको दायरामा ल्याउने चेतावनी दिनुभएको छ ।
भ्रूणको लिंग पहिचान गरी गर्भपतनको अपराधलाई बढवा दिने चिकित्सा सेवाका विकृति अन्त्य गर्न आपूmले चाँडै नै मन्त्रिणपरिषद्मा एक प्रस्ताव प्रस्तुत गर्ने घोषणा पनि उहाँले गर्नुभएको छ ।
मातृशिशु समाज नेपालको द्विदिवसीय एघारौ सम्मेलनको आज यहाँँ उद्घाटन गर्दै जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले नेपालका सबै तह र तप्काका नागरिकले स्वदेश मै उपचार गर्ने प्रण गर्ने निजी क्षेत्रलाई निषेध होइन प्रवद्र्धन तथा देशलाई उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्ने चिकित्सिा सेवाको केन्द्र विन्दुका रुपमा स्थापित गर्ने प्रस्ताव पेश गर्ने जानकारी दिनुभयो ।
सुधारका योजना दीर्घकालीन दृष्टिकोण, नवीनतायुक्त प्रस्ताव र सुझाव सरकारलाई प्रदान गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्दै मन्त्री पण्डितले भन्नुभयो, “सरकारी अस्पतालबाट भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्न सकिन्छ ।”
समृद्धितर्फ लम्कने राष्ट्रिय अठोट पूरा गर्न समाजका सबै वर्गबाट सहयोग हुनुपर्ने वास्तविकता औल्याउँदै उहाँले अबदेखि भ्रूणको लिंग पहिचान नगर्ने प्रतिबद्धता पनि चिकित्सकहरुबाट व्यक्त हुनैपर्छ भन्नुभयो ।
समाजका अध्यक्ष प्राडा मणिन्द्र रञ्जन बरालले मातृशिशु कक्ष देशका सबै अस्पतालमा व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउँदै मातृशिशुको उचित संरक्षण नगरेसम्म कुनै पनि राष्ट्रको भविष्य सुनिश्चि नहुने यथार्थ सुनाउनुभयो । उहाँले गर्भवति र नवजात शिशुको स्वास्थ्य सेवामा गम्भीर ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
सम्मेलनमा मातृशिशु स्वास्थ्यको क्षेत्रमा चिकित्सा क्षेत्रमा भएका नवीनतम् उपलव्धि, नेपाली माता र शिशुले जन्मपछिका बाल्य अवस्थामा झेल्नुपरेका समस्या लगायत विषयमा गहन विचार विमर्श हुनेछ । (रासस)
Comments
अरु समाचार
-
विराटनगरमा अस्पतालबाट खस्दा डाक्टरकाे मृत्यु
काठमाडौं । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एकजना इन्टर्न डाक्टरको मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार बिहान करिब...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
अनियमित मौसमको असर : यस वर्ष धान उत्पादन घट्यो
भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि...
-
सञ्चय कोषको बाँकी रकम हिसाब मिलान गर्नू : अर्थ मन्त्रालय
काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारी सञ्चय कोषमा विगतमा कोषकट्टी भई बाँकी रहेका रकमको भुक्तानी लिन सम्बन्धित सञ्चयकर्तालाई आग्रह गरेको छ।...
-
आगामी निर्वाचनमा उम्मेदवारले सवारीसाधन प्रयोग गर्ने व्यवस्था कस्तो ?
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति...
-
जेनजी समूहको संयुक्त बैठकले मिरजलाई संयोजक तोक्यो, सरकार अपदस्थ गर्नेसम्मका योजना
काठमाडौं । जेनजी आन्दोलनलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यसहित ३० भन्दा बढी जेनजी समूहहरूको संयुक्त बैठकले मिरज ढुङ्गानालाई संयोजक चयन...
-
साफ महिला च्याम्पियनसिप : एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...













