पेट्रोलियम पाइपलाइनको काम शुरु
वीरगञ्ज, २५ फागुन । नेपाल सरकारको प्राथमिकतामा रहेको मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन जडान गर्ने काम शुरु भएको छ ।
सीमावर्ती शहर भारतको रक्सौलदेखि बाराको अमलेखगञ्जसम्म ३६.२०६ किमी लामो पेट्रोलियम पाइपलाइन जोड्ने कामको जिम्मा पाएको भारतीय कम्पनी लिखिया इन्फ्रास्ट्रक्चरका प्राविधिकले पाइप जोड्ने काम शुरु गरेका छन् ।
पन्ध्र महिनाभित्र पाइपलाइन विस्तार गर्ने लक्ष्य लिएको सिमरास्थित पेट्रोलियम पाइपलाइन विस्तार आयोजनाले पाइप जोड्ने काम सकिएपछि जमीनमुनि पुर्ने काम गर्नेछन् । त्यसका लागि खाल्डो खन्ने यन्त्र भारतबाट ल्याउन लागिएको आयोजनाका प्रमुख शरदकुमार पौडेलले राससलाई बताउनुभयो । सो पाइपलाइन सिर्सिया नदीमुनिबाट लगिने बताइएको छ ।
भारत सरकारको इण्डियन आयल कर्पाेरेशन (आइओसी)को करीव ३५० करोडको लागतमा निर्माण भइरहेको सो पाइपलाइनका लागि सबै पाइप आइसकेकाले जडान गर्ने काम धमाधम भइरहेको छ । नेपालतर्फ रक्सौल–अमलेखगञ्जसम्म ३६.७ किमी र भारत मोतीहारी रक्सौलसम्म ३३.२ किमी गरी ६९.९ किमीको पाइपलाइन निर्माण हुन लागेको आयोजनाले जनाएको छ ।
आयोजना निर्माणको जिम्मा पाएको आइओसीले जनवरीदेखि वीरगञ्जमा पाइप आउन थालेको हो । प्रतिमहिना रु दुई लाख ३० हजारका दरले वीरगञ्जस्थित चिनी कारखानाको दुई बिघा जग्गा भाडामा लिएर भण्डारणस्थलमा सो पाइप भण्डारण गरिएको छ । पाइपलाइन प्रयोगमा आएपछि प्रतिघण्टा दुई लाख लिटर इन्धन अमलेखगञ्जको डिपोमा खसाल्ने लक्ष्य राखिएको छ । पाइपलाइनले पेट्रोलियम पदार्थको शुद्धता कायम राख्ने र चुहावट नियन्त्रणमा समेत रोकिने विश्वास परियोजनाले लिएको छ । पाइपलाइन सञ्चालन भएपछि नेपाल सरकारले बेहोर्दै आएको रु एक अर्ब ५० करोड छ वर्षसम्म बचत हुने बताइएको छ । यसले पेट्रोलियम ढुवानी लागत सस्तो हुने तथा चोरी, चुहावट, मिसावट तथा ट्राफिक जामजस्ता समस्या हट्नेछन् ।
पाइपलाइनबाट एक पटकमा तीन हजार किलोलिटर पेट्रोलियम पदार्थ ल्याउन सकिनेछ । वीरगञ्जको शंकराचार्यद्वारबाट तीन किमी गण्डक नहरसम्म बाइपास सडकको दायाँ भाग र त्रिभुवन राजपथको गण्डक अमलेखगञ्ज खण्डमा सडकको दायाँबायाँ भागमा पाइप ओछ्याउने योजना छ । भारत महाराष्ट्रको जिन्दल कम्पनीले माटो परीक्षण गरी जडान भइरहेको पाइपको गोलाइ १०.७५ इञ्च तथा मोटाइ ०.२१९ इञ्च छ । (रासस)
Comments
अरु समाचार
-
विराटनगरमा अस्पतालबाट खस्दा डाक्टरकाे मृत्यु
काठमाडौं । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एकजना इन्टर्न डाक्टरको मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार बिहान करिब...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
अनियमित मौसमको असर : यस वर्ष धान उत्पादन घट्यो
भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि...
-
सञ्चय कोषको बाँकी रकम हिसाब मिलान गर्नू : अर्थ मन्त्रालय
काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारी सञ्चय कोषमा विगतमा कोषकट्टी भई बाँकी रहेका रकमको भुक्तानी लिन सम्बन्धित सञ्चयकर्तालाई आग्रह गरेको छ।...
-
आगामी निर्वाचनमा उम्मेदवारले सवारीसाधन प्रयोग गर्ने व्यवस्था कस्तो ?
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति...
-
जेनजी समूहको संयुक्त बैठकले मिरजलाई संयोजक तोक्यो, सरकार अपदस्थ गर्नेसम्मका योजना
काठमाडौं । जेनजी आन्दोलनलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यसहित ३० भन्दा बढी जेनजी समूहहरूको संयुक्त बैठकले मिरज ढुङ्गानालाई संयोजक चयन...
-
साफ महिला च्याम्पियनसिप : एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...













