ताजा समाचार

विमान दुर्घटनामा चालक दलका सबैको मृत्यु

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमवार भएको विमान दुर्घटनामा परी चालकदलका चारै सदस्यको मृत्यु भएको छ ।
विमानचालक आबिद सुल्तानको नर्भिक अस्पतालमा मृत्यु भएको हो । यूएस–बंगला एयरलाइन्सका मार्केटिङ सपोर्ट तथा पीआर जनरल म्यानेजर मोहम्मद कामरुल इस्लामले मृत्युको पुष्टि गरे ।

अन्य दुई क्याबिन क्रू सदस्यहरू कोपाइलट पृथुला राशिद र ख्वाजा हुसेनको दुर्घटनास्थलमै मृत्यु भएको थियो । शमिम अख्तर पनि दुर्घटनामा मारिए ।
आबिद सुल्तान एक अनुभवी पाइलट थिए र उनले पाँच हजार घन्टा विमान उडाएका थिए । दुर्घटना भएको विमान नै उनले १७ सय घन्टा उडाएका थिए । यात्रु र क्रूमेम्बरमध्ये ३६ जना बंगलादेशका, ३३ जना नेपालका, एकजना चीनका र अर्का एकजना मलेसियाका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org