पत्रकार र महिला विकास संस्था सम्मानित

पोखरा, ४ चैत । स्वतन्त्र पत्रकार संघ नेपाल, कास्की शाखाले रुपन्देहीकी पत्रकार सीता दर्नाल तथा पोखरा–८, सिमलचौरस्थित महिला सीप विकास संस्थालाई सम्मान गरेको छ ।
पत्रकार दर्नाललाई रु पाँच हजार नगदसहित उच्च अदालत पोखराका मुख्य न्यायाधीश कुमार चुडालले सम्मानपत्र र दोसल्लाबाट सम्मान गर्नुभयो भने सीप विकास संस्थालाई सम्मानपत्रबाट सम्मान गरिएको थियो ।
कार्यक्रममा मुख्य न्यायाधीश चुडालले पत्रकारिता स्वतन्त्र हुनुपर्नेमा जोड दिँदै राजनीतिक आस्थाका आधारमा पत्रकारिता गर्दा सत्यतथ्य कुरा बाहिर नआउने विचार राख्नुभयो ।
प्रदेशसभा सदस्य बिन्दुकुमार थापाले स्वतन्त्र पत्रकार संघको महिला पत्रकार सम्मान तथा महिला संस्था सम्मान कार्यक्रम प्रशंसायोग्य भएको बताउँदै प्रदेश तहमा निर्माण गरिने कानूनलाई महिलामैत्री बनाउन पहल गर्ने प्रतिबद्घता व्यक्त गर्नुभयो ।
स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले संघ स्वाभिमानी पत्रकारको संस्था भएको दाबी गर्दै स्वतन्त्र पत्रकारले पत्रकारिता गर्दा आफ्नो दलीय आस्था प्रकट नगर्ने जिकिर गर्नुभयो । (रासस)
Comments
अरु समाचार
-
विराटनगरमा अस्पतालबाट खस्दा डाक्टरकाे मृत्यु
काठमाडौं । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एकजना इन्टर्न डाक्टरको मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार बिहान करिब...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
अनियमित मौसमको असर : यस वर्ष धान उत्पादन घट्यो
भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि...
-
सञ्चय कोषको बाँकी रकम हिसाब मिलान गर्नू : अर्थ मन्त्रालय
काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारी सञ्चय कोषमा विगतमा कोषकट्टी भई बाँकी रहेका रकमको भुक्तानी लिन सम्बन्धित सञ्चयकर्तालाई आग्रह गरेको छ।...
-
आगामी निर्वाचनमा उम्मेदवारले सवारीसाधन प्रयोग गर्ने व्यवस्था कस्तो ?
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति...
-
जेनजी समूहको संयुक्त बैठकले मिरजलाई संयोजक तोक्यो, सरकार अपदस्थ गर्नेसम्मका योजना
काठमाडौं । जेनजी आन्दोलनलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यसहित ३० भन्दा बढी जेनजी समूहहरूको संयुक्त बैठकले मिरज ढुङ्गानालाई संयोजक चयन...
-
साफ महिला च्याम्पियनसिप : एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...












