ताजा समाचार

बिमान दुर्घटनामा परेका आफ्ना नागरिकको शव बंगलादेशले लादै

 

 काठमाडौं, ४ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बंगलाको बिमान दुर्घटना हुँदा मृत्यु भएका बंगलदेशी नागरिकको शव अाज बंगलादेश लगिँदैछ ।

२३ जना बंगलादेशी यात्रुहरुको शव बंगलादेश एयर फोर्सको कार्गो विमानद्वारा दिउसो ३ बजे ढाकामा लगिने छ ।

बंगलादेश लगिएका शवहरुलाई त्याहाँकाे  सैनिक रंगशालामा राखिने र प्रधानमन्त्री शेख हसिनाले श्रद्धान्जली दिने कार्यक्रम रहेको बंगलादेशी सञ्चारमाध्यमहरूले जनाएका छन् । श्रद्धान्जली  दिएपछि शवहरु आफन्तलाई  बुझाईने छ ।

यूएस बंगला  विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरका क्रममा दुर्घटना भएकाे थियाे । उक्त दुर्घटनामा   २६ जना बंगलादेशी २२ जना नेपाली र एक चिनीयाको मृत्यू भएको थियाे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org