ताजा समाचार

निर्वाचन आयोग– सरसफाइ अभियानमा

काठमाडौँ ५ चैत । निर्वाचनको कामको चाप घटेसँगै निर्वाचन आयोगले कार्यालय कोठा, आयोग तथा आयोग परिसरको सरसफाइलाई अभियानकैरुपमा सञ्चालन गरेको छ ।

कार्यालय र अफिस कोठा सफा राख्नुपर्छ भन्ने नीतिअनुरुप झ््याल, ¥याक, कुनाकाप्चा र दराजमाथि थुप्रिएर रहेको कागजपत्र र अरु थोत्रा सामाग्रीसहित दुई ट्रकभन्दा बढी फोहर हटाइएको सचिव बेगेन्द्र शर्मा पौड्यालले जानकारी दिनुभयो ।

वर्षांैदेखि थन्किएर बसेका काम नलाग्ने फोहरका रुपमा रहेका सामान हटाउने सरसफाइ अभियानमा जुट्न आयोगले पाँच दिनअघि नै कर्मचारीलाई परिपत्र गरेको थियो ।

सचिव पौड्यालको नेतृत्वमा भएको उक्त अभियानमा कर्मचारीले दिनभरी नै फोहरका रुपमा टुटेफुटेका सामग्री बोराका बोरा संकलन गरेका थिए ।

“कहिल्यै सफाइमा ध्यान नदिने उच्च तहका कर्मचारी पनि सचिवको निर्देशनमा हातमा कुचो लिएर बढारिरहेको तथा हातमा टालो लिएर दराज र ¥याक पुछिरहेको देखिन्थ्यो । कार्यालय सफा राख्ने हाम्रो अभियान हो, दुर्गन्धित शौचालय टाढैबाट थाहा पाइने सरकारी कार्यालयको रोग हो, सबै इमान्दार र जिम्मेवार भएर सबैखाले फोहर र धुलोको निराकरण गर्न आवश्यक रहेको छ”, सचिव पौड्यालले भन्नुभयो ।

दिनभर सरसफाइमा जुट्नु परेका कारण कतिपय कर्मचारी निकै थकित देखिन्थे । निर्वाचन वर्षका रुपमा उपराष्ट्रपतिको निर्वाचसँगै आयोगले आइतबार यस वर्षको निर्वाचनको मैजारो गरेको छ ।  (रासस)

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org