प्रेस स्वतन्त्रतामा कुनै हस्तक्षेप हुँदैन : राज्यमन्त्री बाँस्कोटा
काठमाडौँ, ७ चैत । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्छ भन्ने कुनै शंका नराख्न आग्रह गर्नुभएको छ ।
नेपाल पत्रकार महासंघद्वारा आज यहाँ आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उहाँले सकारले संविधानको मौलिक हकमा रहेको प्रेस स्वतन्त्रतालाई अक्षुर्ण राख्न नयाँ सरकार प्रतिबद्ध रहेको स्पष्ट गर्नुभयो ।
श्रमजीवी पत्रकारको न्युनतम पारिश्रमिक समयअनुसार बढाउँदै तोकिएको पारिश्रमिक कार्यान्वयन गर्न सरकार र सञ्चार गृह उत्तिकै जिम्मेवार हुनुपर्ने राज्यमन्त्री बाँस्कोटाको भनाइ छ ।
“अबको दशक नवनिर्माणको दशक हो, अधिकार प्राप्तिको आन्दोलन समाप्त भएको छ, प्राप्त अधिकारलाई संस्थागत गर्दै नवनिर्माणको यात्रामा हातेमालो गर्दै अगाडि बढ्न आग्रह गर्दछु”–राज्यमन्त्री बाँस्कोटाले भन्नुभयो ।
नकारात्मक मात्रै समाचार सम्प्रेषण नगर्न आमसञ्चार माध्यमलाई आग्रह गर्दै राज्यमन्त्री बाँस्कोटाले सञ्चार क्षेत्रमा गर्नुपर्ने सुधारका लागि लिखित सुझाव दिन सम्बन्धित संघ÷संस्थालाई आग्रह गर्नुभयो ।
महासंघका अध्यक्ष गोविन्द आचार्यले राष्ट्रिय आमसञ्चार नीति कार्यान्वयन र पत्रकारको न्यूनतम पारिश्रमिक लागू गराई पत्रकारिताको गुणात्मक विकासमा नयाँ सरकारले कदम चाल्ने अपेक्षा व्यक्त गर्नुभयो ।
महासंघका पूर्व अध्यक्ष डा महेन्द्र विष्टले पत्रकारको पेशागत सुरक्षा र नियुयिक्तपत्रसँगै सञ्चारमा गरिएको लगानी पारदर्शी हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रेस सेन्टर नेपालका अध्यक्ष महेश्वर दाहाल, प्रेस चौतारी नेपालका वरिष्ठ उपाध्यक्ष माधव नेपाल र नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले साना लगानीका सञ्चार माध्यमलाई बचाई राख्न समानुपातिक विज्ञापन प्रणाली कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । (रासस)
Comments
अरु समाचार
-
अध्यागमनको छवि सुधार गर्न आवश्यक छ: गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालयले आफ्नो छवि सुधार गर्न आवश्यक रहेको बताएका छन् । अध्यागमन कार्यालयका बारेमा नकरात्मक...
-
बङ्गलादेशले लगायो पोलिथिन झोला प्रयोगमा प्रतिबन्ध
काठमाडौं । बङ्गलादेशका सबै सुपरमार्केटमा प्लाष्टिक (पोलिथिन एण्ड पोलिप्रोपाइलिन ब्याग) झोला राख्न प्रतिबन्ध लगाइएको छ । यो निर्णय अक्टोबर १...
-
प्रधानमन्त्रीविरुद्ध सामाजिक सञ्जालमा भइरहेका गतिविधि देशहित विपरीत छन्ः महासचिव पोखरेल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली विदेशमा रहेका बेला प्रधानमन्त्री विरुद्ध सामाजिक सञ्जालमार्फत...
-
पोखरीमा डुबेर बेपत्ता भएकी बालिकाको शव फेला
काठामाडौं । धनुषाको धनुषा धाममा रहेको पोखरीमा डुबेर बेपत्ता भएकी बालिकाको शव आज बिहान फेला परेको छ । धनुषाधाम नगरपालिका...
-
घमेश दुलालले ल्याए खर्च दशैंलाई (भिडियो)
काठमाडाैं । चर्चित गायक घमेश दुलालले 'खर्च दशैंलाई' बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलालले आफ्नै युट्युब...
-
दाङमा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते
काठमाडौं । दाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । घोराही उपमहानगरपालिका–११ खुङकोटका निमकली साहुको...
-
मन्त्री राणा र अमेरिकी उपमन्त्री वासबीच भेटवार्ता
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन आएकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग अमेरिकाका राजनीतिक मामिलासम्बन्धी कार्यवाहक उपविदेश मन्त्री जोन...
-
बङ्गलादेशले मौद्रिक नीतिमा कडाइ गर्ने
काठमाडौं । बङ्गलादेशको केन्द्रीय बैङ्कले मुद्रास्फीति नियन्त्रण गर्न सरकारलाई सहयोग पु¥याउने उद्देश्यले आगामी महिनाको अन्त्यसम्ममा दुई पटक नीतिगत दरमा वृद्धि...
-
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान गरेको छ । आयोगले आज एक सूचना...