ताप्लेजुङमा आगलागीबाट लाखौँको क्षति
ताप्लेजुङ, १४ चैत । ताप्लेजुङको फुङलिङ नगरपालिका–१० फुरुम्बुस्थित सोगिरा भिरमा लगाएको आगो फैलिएर गाउँमा पस्दा एक घर जलेर नष्ट भएको छ । आगलागीले स्थानीयवासी चन्द्रबहादुर कार्कीको घर जलेर पूर्णरुपमा नष्ट भएको हो ।
मंगलबार दिउँसो सो घरमा आगलागी भएको थियो । करिब दुई सय मिटर मुनिरहेको सोगिरा भन्ने भिरमा स्थानीयवासीले लगाएको आगोको झिल्का फैलिएर छानामा पुगेपछि घरमा आगलागी भएको छिमेकी मनकुमारी कार्कीले बताउनुभयो ।
आगलागीले तीनतले टिनको छानो भएको घर र घरभित्र राखिएकोे ठूलो परिमाणको काठ, अन्नपात, लत्ताकपडालगायतका सामग्री जल्दा करिब रु १२ लाख मूल्य बराबरको धनमाल क्षति भएको तर मनबीय क्षति भने नभएको स्थानीयवासीको भनाइ छ ।
आगालागी पीडित परिवार भने अर्कै घरमा सरेर बसेका छन् । आगलागीपछि स्थानीयवासीले नियन्त्रणमा लिने प्रयास गरे पनि सफल नभएको बताइएको छ ।
भिरमा आगो लगाउने व्यक्तिले भने जानजान आगो नलगाएको भन्दै क्षति बेहोर्ने बचन दिएको पीडित परिवारले बताएका छन् । पछिल्लो तीन महिनामा मात्रै ताप्लेजुङमा दर्जनाै घर जलेर नष्ट भएका छन् । रासस
Comments
अरु समाचार
-
कोशी प्रदेश सरकारले जनतासँग प्रदेश सरकार कार्यक्रम सञ्चालन गर्ने
काठमाडौं । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले ‘जनतासँग कोशी प्रदेश सरकार कार्यक्रम सञ्चालन कार्यविधि, २०८१’ स्वीकृत गर्ने निर्णय...
-
घुन्सामा हेलिकप्टर दुर्घटनाको १८ वर्ष : वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण
फुङ्लिङ : ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित घुन्सामा हेलिकप्टर दुर्घटना भएको १८ वर्ष पूरा भएको छ । जहाँ मुलुकका विभिन्न क्षेत्रका २४ विशिष्ट...
-
बाँकेमा पिर्काले हानेर आफ्नै बुवाको हत्या
काठमाडौं। बाँकेको कोहलपुरमा पिर्काले हानेर छोराले आफ्नै बुवाको हत्या गरेका छन्। कोहलपुर नगरपालिका ८ पिपरीका ७० वर्षका नैन सिंह क्षेत्रीलाई...
-
जुम्लाका पाँच स्थानीय तह साक्षर घोषणा
काठमाडौं । जुम्लाका आठ स्थानीय तहमध्ये पाँच स्थानीय तह साक्षर घोषणा भएका छन् । जिल्लाको हिमा गाउँपालिका, सिञ्जा गाउँपालिका, कनकासुन्दरी...
-
मध्यभोटेकोशीले एक महिनाभित्र बिजुली उत्पादन गर्दै
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोशी...
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...