घुस रकमसहित सशस्त्र प्रहरीका जवान अख्तियारको नियन्त्रणमा
इनरुवा, १४ चैत । सुुनसरीको सीमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिका–३ कप्तान्गञ्जबाट मंगलबार साँझ दुई सशस्त्र प्रहरी जवान घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरी शाखाका प्रहरी उपरीक्षक किशोरसिंह थापाको नेतृत्वमा खटिएको टोलीले घुस रकम रु २५ हजारसहित सशस्त्र प्रहरी जवान नवीन खड्का र ठाकुर खत्रीलाई घुस रकमसहित लक्ष्मी फेन्सी स्टोरबाट रङ्गेहात पक्राउ गरेको हो ।
भारतीय गाडीलाई नेपाल प्रवेसका लागि छोडेबापत रु २५ हजार रकम मागेकाले सो रकम दिन फेन्सी स्टोर पुगेको र विशेष सुराकीको आधारमा त्यहाँ आइपुगेका प्रहरी टोलीले पक्राउ गरेको अख्तियारका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक किशोरसिंह थापाले जानकारी दिनुभयो ।
सोमबार भारतीय गाडीलाई प्रवेश गराई दिएबापत रु २५ हजार माग गरेको र सो रकम मंगलबार दिने कबोल गरेपछि गाडीलाई प्रवेश गर्न दिइएको थियो । रासस
Comments
अरु समाचार
-
विराटनगरमा अस्पतालबाट खस्दा डाक्टरकाे मृत्यु
काठमाडौं । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एकजना इन्टर्न डाक्टरको मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार बिहान करिब...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
अनियमित मौसमको असर : यस वर्ष धान उत्पादन घट्यो
भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि...
-
सञ्चय कोषको बाँकी रकम हिसाब मिलान गर्नू : अर्थ मन्त्रालय
काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारी सञ्चय कोषमा विगतमा कोषकट्टी भई बाँकी रहेका रकमको भुक्तानी लिन सम्बन्धित सञ्चयकर्तालाई आग्रह गरेको छ।...
-
आगामी निर्वाचनमा उम्मेदवारले सवारीसाधन प्रयोग गर्ने व्यवस्था कस्तो ?
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति...
-
जेनजी समूहको संयुक्त बैठकले मिरजलाई संयोजक तोक्यो, सरकार अपदस्थ गर्नेसम्मका योजना
काठमाडौं । जेनजी आन्दोलनलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यसहित ३० भन्दा बढी जेनजी समूहहरूको संयुक्त बैठकले मिरज ढुङ्गानालाई संयोजक चयन...
-
साफ महिला च्याम्पियनसिप : एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...













