ताजा समाचार

मदन भण्डारी राष्ट्रिय पुरस्कार कोइरालालाई

काठमाडौँ, १८ चैत नेकपा (एमाले) केन्द्रीय प्रचार प्रसार विभागद्वारा स्थापित ‘मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७४’ यस वर्ष वरिष्ठ पत्रकार तथा लेखक कमल कोइरालालाई प्रदान गरिने निर्णय भएको छ ।

विभागको आज बसेको प्रचारप्रसार बैठकले मदन भण्डारीको व्यक्तित्व, राजनीतिक गतिविधि र ‘जनताको बहुदलीय जनवाद’ बारेमा विभिन्न लेखमार्फत उजागर गरेकाले उहाँलाई उक्त पुरस्कार दिने निर्णय गरेको विभागका सचिव विष्णु रिजालले जानकारी दिनुभयो । पुरस्कारको राशि रु ५१ हजार र सम्मानपत्र रहनेछ ।

वरिष्ठ पत्रकार तीर्थ कोइरालाको संयोजकत्वमा सदस्य डा महेन्द्र विष्ट र शीतल साह रहेको छनोट समितिले कोइरालालाई उक्त पुरस्कार दिने निर्णय गरेको हो । पुरस्कार बुधबार दिइनेछ । गत वर्ष पहिलो पटक उक्त पुरस्कार फोटो पत्रकार चन्द्रशेखर कार्कीलाई दिइएको थियो ।
रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org