ताजा समाचार

उपयुक्त समयमा पार्टी एकता हुन्छ, हल्लाकाे पछि नलाग्नुस : प्रधानमन्त्री अाेली

 काठमाडाैं, १९ चैत  । प्रधानमन्त्री केपी शर्मा ओलीले  वरिष्ठ पत्रकार कमल कोइरालालाई मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान  गरिसकेपछि बाेल्दै उपयुक्त समयमा एमाले र माओवादीबीच  एकता हुने बताएका छन् ।

प्रधानमन्त्री ओलीले  माअाेवादी र एमालेकाे अब एकता हुदैँन भन्ने जस्ता हल्लाकाे पछि नलाग्न अग्रह गरेका छन् ।

प्रत्येक वर्ष प्रदान गरिने गरी स्थापना गरिएको उक्त अवार्ड यस वर्ष कमल कोइरालालाई प्रदान गरिको हो । एमालेको केन्द्रीय प्रचार बिभागले स्थापना गरेको सो पुरस्कार पाउने कोइराला दोस्रो हुन् । पहिलो पटक फोटो पत्रकार चन्द्रशेखर अधिकारीलाई दिइएको थियो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टको अध्यक्षतामा बरिष्ठ पत्रकार तीर्थ कोइराला, शार्दूल भट्टराई र शीतल साह रहेको छनौट समितिले कोइरालालाई छानेको थियो ।

विगत पाँच दशकदेखि लेखन तथा सम्पादनमा संलगन कोइराला दृष्टि, जनआस्था, साँघु, अन्नपूर्ण पोष्ट दैनिक लगायतका पत्रिकाका स्तम्भकार हुन् । पुरस्कारको राशी ५० हजार छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org