ताजा समाचार

एमाले र माओवादीको पार्टी एकता वैशाख ९ मा हुने

काठमाडौं,२१ चैत । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच आगामी वैशाख ९ गते पार्टी एकता घोषणा गर्ने समझदारी गरेको छ ।

अन्तरिम विधान र सांगठनिक संरचनाबारे सुुझाव दिन गठित छुट्टाछुट्टै कार्यदलले मंगलबार पार्टी एकता संयोजन समितिमा प्रतिवेदन बुझाउँदै अप्रिल २२ अर्थात वैशाख ९ गते पार्टी एकता गर्न सुझाव दिएको छ ।

नेताहरुका अनुसार,  वैशाख ९ मा पार्टी एकता घोषणा गर्ने समझदारी भएको छ । पर्सि बस्ने बैठकले यसबारे औपचारिक निर्णय गर्ने माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

एमाले र माओवादीबीच फागुन ७ मा नै एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ राखे सहमति भएको थियो ।

तर, कार्यदलले केही विषयमा निर्णय गर्ने जिम्मा शीर्ष नेतृत्वलाई दिएको छ । एकीकृत पार्टीको केन्द्रीय कमिटी २९९ सदस्यीय प्रस्ताव गरिएको छ । तर, एमाले र माओवादीबाट कति कति भन्ने टुंगिएको छैन ।

एमाले नेताहरुले जनमत अनुसार २०० एमाले र ९९ माओवादीबाट गर्दा उपयुक्त हुन तर्क गरेका छन् । तर माओवादी शीर्ष नेताहरुले नै बराबरी सिद्धान्तका आधारमा मात्र पार्टी एकता हुने बताएका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org