ताजा समाचार

धुलिखेलसम्मको रुट इजाजत दिने सरकारको घोषणा

काठमाडौ २१,चैत ।अरनिको राजमार्गमा चल्ने बसलाई कोटेश्वरका ११ वटा समितिले रोक लगाएपछि सरकारले अन्य व्यवसायीक कम्पनीलाई काठकाडौबाट धुलिखेलसम्मको रुट इजाजत लिन आउन आह्वान गरेको छ
यातायात व्यवस्था विभागले काठमाडौंबाट धुलिखेलसम्म बस चलाउन इच्छुकलाई आज नै सबै प्रक्रिया पुरा गरेर रुट दिने आह्वान गरेको हो ।

नयाँ गुडेका सार्वजनिक बसहरुलाई समितिहरुले रोक लगाएपछि यातायात व्यवसथा विभागले काठमाडौं उपत्यकामा चलिरहेका अन्य व्यवसायी समिति र कम्पनीहरुलाई धुलिखेलसम्मको रुट इजाजत खुला गरेको हो ।

मयुर यातायातले काठमाडौं(बनेपा रुटमा बस चलाउने अनुमति पाएपछि ११ वटा समितिले ग्रामीण र शहरी दुवै भेगका बस चलाउन छाडेका हुन् । मध्यपुर यातायातले मात्रै सेवा दिइरहेको छ ।

काभ्रे र भक्तपुरका सडकमा बसहरुको अभाव नभएको र मयुर यातायातले आफूहरुको व्यवसाय चाैपट पारेको भन्दै ११ वटा समितिले       बस गुडाउन छाडेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org