मलेसियामा मृत्यु भएका खड्काको परिवारले क्षतिपूर्ति पाएनन
काठमाडौँ, २१ चैत । “बाबा मलाई विदेशबाट आउँदा राम्रो राम्रो खेलौना अनि मिठो मिठो चकलेट ल्याइदिनुस् है ।”
यो भनाइ सल्यानको दार्मा गाउँपालिका– ५ का ३६ वर्षीय शेरबहादुर खड्काका– ७ वर्षीय कान्छा छोरा आशिषको थियो । आशिषको मनमा अनेक सपना थिए । बाबा विदेशबाट आउँदा के के किन्न लगाउँछु र कहाँ कहाँ घुम्न जान्छु भन्ने । उनकी छोरी १८ वर्षीय अस्मिता भन्दै थिइन्, “बाबा म कक्षा ११ गाउँमा सकिएपछि काठमाडौँ गएर पढ्छु है ।” शेरबहादुरले पनि छोरीको कुरामा सहमति जनाएका थिए ।
यही फागुन १४ गते रातको १० बजेसम्म उनले परिवारका सदस्यसँग कुराकानी गरेर सुतेका थिए । सुतेको एक घण्टापछि अर्थात राती १२.३० बजे मलेसियाबाट शेरबहादुरको नम्बरबाट फोन आयो, फोन आएपछि किन गरेको होला, भर्खरै त फोन गरेको, किन फेरि गरेका होलान भनेर झस्किए । शेरबहादुरले पहिले त्यसरी फोन नगर्ने गरेको उनकी श्रीमती गोपी खड्काले बताइन् ।
फोन शेरबहादुरको नभएर उनको साथीको आएको रहेछ । उनको साथीले अचानक भने, “शेरबहादुरलाई अचानक गाह्रो भएर यहीँकै अस्पतालमा लगेका छौँ ।” त्यति भनिसकेपछि चिन्ता नलिनु भन्दै उताबाट फोन काटियो । उक्त फोनपछि परिवारका सबै सदस्य आत्तिए । उनका साथीले चिन्ता नलिनु भनेपछि सबै सुते ।
२ बजेदेखि फेरि फोनको घण्टी बजिरहेको रहेछ । दुई÷तीन पटक फोन आइसकेपछि मात्र छोरी अस्मिताले फोन उठाइन् । फोन उठाउने वित्तिकै उताबाट आवाज आयो, “तपाईंको बुबा यो संसारमा रहेनन् ।” त्यसपछि परिवारमा रुवावासी शुरु भयो । गाउँले पनि परिवारलाई सान्त्वना दिन आइपुगे ।
शेरबहादुर विसं २०७१ असारमा मलेसियामा वैदेशिक रोजगारीको लागि गएका थिए । फर्निचरको काम गर्न भनेर गएका उनी त्यहाँ गएर पनि त्यही काम नै गर्न थालेका थिए । तर केही महिनामा तलब बढाइदिने भने पनि उही तलबमा तीन वर्षसम्म काम गरिरहे ।
परिवारको ऋण तिर्न नसकेपछि उनले पुनः एकवर्ष थप गरी काम गर्ने निधो बनाएका थिए । ०७४ असारमा नै म्याद सकिए पनि ०७५ असारसम्मका लागि समय थप गरी कामलाई निरन्तरता दिएका थिए । तर उनको अचानक मृत्युपछि चारजना छोराछोरीलाई पढाउने र ऋण तिर्ने जिम्मेवारी उनकी श्रीमती गोपीको काँधमा आइपरेको छ ।
बीमालगायत क्षतिपूर्ति पाउन गोपी भाइ बलबहादुर केसीको साथ काठमाडौँ आइपुगिन । तर काठमाडौँ आएपछि उनले थाहा पाइन् कि उनले ती सबै रकम नपाउने रहिछन् । तर म्यानपावरबाट भने उनले एक लाख ३० हजार क्षतिपूर्तिबापतको रकम पाउनुभयो । उहाँ भन्नुहुन्छ, “श्रीमान् विदेश जाँदाको ऋण अझै तिर्न बाँकी छ, छोराछोरीलाई पनि कसरी पढाउनु ?”
वैदेशिक रोजगार प्रवद्र्धन बोर्डलगायत बीमा कम्पनी सबैतिर उनका भाइ र उनी भौतारिँदा पनि कतैबाट क्षतिपूर्ति नपाउने बताएकाले आफू निराश भएर फर्किएको उहाँ बताउनुहुन्छ । उनका कान्छा छोरा अहिले सात वर्षका भए, त्यस्तै माइला छोरा १२, जेठो १६ र छोरी १८ वर्षकी भइन् । छोराछोरीलाई अब आफूले पढाउनसक्ने अवस्था नरहेको र सरकारले पढाइदिन्छ भन्ने सुनेर काठमाडाँैसम्म धाएको उनले बताए ।
मलेसिया लगायत बाह्य देशमा एक वर्ष समय थप गरेर बस्न पाउने भए पनि नेपालमा भने ६ महिनासम्म मात्र मान्यता दिने गरेको छ । “नेपालमा यसरी म्याद नाघिसकेपछि पनि विदेशमा बस्नेको संख्या धेरै भएको र म्याद नाघेपछि मृत्यु हुनेको संख्या धेरै भएपछि नै तिनीहरुलाई क्षतिपूर्ति दिने क्षमता सरकारमा नभएपछि ऐनमा परिवर्तन गरेका हौँ ।”
नेपाल पर्यटन प्रवद्र्धन बोर्डका प्रमुख रघुराज काफ्लेले भने– “०७४ साउन १६ गतेबाट म्याद सकिएपछि मृत्यु हुने र दुर्घटनामा पर्नेलाई क्षतिपूर्ति बापतको रकम नदिने निर्णय सरकारले गरेको उनले बताए ।”
यो वर्षभित्र म्याद भएकाको हकमा र यही वर्ष अनुमति लिएकाको हकमा स्वतः एक वर्ष थप हुने उनले जानकारी दिए ।
Comments
अरु समाचार
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। आज बाल दिवसका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...
-
वर्षासँगै आएको पहिरोले सुदूरपश्चिमका विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । ठाउँ ठाउँमा गएको पहिरोका...
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ...