ताजा समाचार

धनुषामा पाँच वर्षीया बालिका बलात्कृत

महेन्द्रनगर, धनुषा, २६ चैत । धनुषाको धनौजी गाउँपालिका– १ लखौरीमा पाँच वर्षीया बालिका बलात्कृत भएकी छिन् ।

बलात्कार गरेको आरोपमा स्थानीय १४ वर्षीय सुमनकुमार साहलाई पक्राउ गरेको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए । मादक पदार्थ सेवन गरी साहले बालिकालाई बलात्कार गरेको पीडितको परिवारले प्रहरीलाई खबर गरेपछि उनलाई पक्राउ गरिएको हो ।

बालिकालाई स्वास्थ्य परीक्षणका लागि जनकपुर अञ्चल अस्पताल ल्याइएको छ । यसअघि गत चैत १४ गते शहीदनगर नगरपालिका–८ विषरभोराकी १४ वर्षीया बालिका बलात्कृत भएकी थिइन् । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org