ताजा समाचार

वेपत्ता चित्रमानकाे अाफ्नै फेसबुकबाट उनी मारिएको विवरण र तस्वीर सार्वजनिक 

 

रसुवा,२६ चैत । ११ दिनदेखि बेपत्ता भएका रसुवाको उत्तरगया–५  का २९ वर्षीय चित्रमान डंगोलकाे अाफ्नै फेसबुकमा उनी मारिएको विवरण र तस्वीर सार्वजनिक भएको छ ।

उनी मारिएकाे याे फाेटाेकाे क्याप्सनमा लेखिएका विवरणहरु तल पढ्नुस्

” जसरि यसले मेरो भाइको १२ बरस अघि पेटमा छूरि हानेकाे छ भाग्यले मेरो भाइ बाँचयो र अाज समम ऊ आसत छ यसलाइ पनि म भाइको जसतै हाल बनाऊना चाहना छ तरा यो बाँचयो भनेता मेरो बरबात पारिदिनछा यसलाइ यति रामो मौका पाइयो कसैले पता नलागि सिदियो यसैको फेसबुकमा लेखाने पोसट गरने यो पानि यसको मोबाइल बाट हा हा.. सबैको पालो आऊछा भनेको यो हो… पैसा पनि रेछ ..हा हा …”

उत्तरगया–५, लहरेका स्थानिय  चित्रमान मोडर्न ट्रिनिटी इङ्लिस बोर्डिङका अध्यक्ष एवं संस्थापक हुन् । उनको फेसबुक एकाउन्टबाट सोमबार झाडीमा पल्टिरहेको मानिसको तस्वीर पोष्ट भएको हो ।

तस्वीरसँगै क्याप्सनमा १२ वर्षअघि उनले पोष्ट गर्ने व्यक्तिको भाइको पेटमा छुरा हानेको उल्लेख गरिएको छ । भनिएको छ, ‘मेरो भाइ भाग्यले बाँच्यो । यसलाई पनि म भाइको जस्तै हाल बनाउन चाहन्छु । तर, यो बाँच्यो भने मेरो बर्बाद पारिदिन्छ ।’

स्टाटसमा डंगोललाई सिध्याउन राम्रो मौका पाएको र डंगोलकै मोबाइलबाट यो जानकारी पोष्ट गर्न पाएको उल्लेख छ ।

चैत १५ गतेदेखि चित्रमान लापत्ता थिए उनी हराएकाे भाेलिपल्ट उनकाे परिवारले  प्रहरीमा खबर गरेकाे थियाे ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org