त्रिवि एलुम्नाइको सदस्यता वितरण शुरु
काठमाडाै, २८ चैत । त्रिभुवन विश्वविद्यालयले आफ्ना पूर्व विद्यार्थीहरूलाई संगठित गर्दै विश्वविद्यालयको उन्नयन तथा शैक्षिक र अनुसन्धानमूलक कार्यक्रमहरू विस्तारमा हातेमालो गर्न त्रिवि एलुम्नाइ एशोसिएशन गठन गरेको छ ।
त्रिवि कार्यकारी परिषद्को निर्णयअनुसार प्रा डा सुनिती हाडा श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।
एशोसिएशनको पहिलो सदस्यता त्रिवि उपकुलपति प्रा डा तीर्थराज खनियालाई प्रदान गरिएको छ भने दोस्रो र तेस्रो सदस्यता क्रमशः शिक्षाध्यक्ष सुधा त्रिपाठी र रजिष्ट्रार डिल्लीराम उप्रेतीलाई प्रदान गरिएको छ । त्यस्तै, त्रिविका पूर्व उपकुलपति केदारभक्त माथेमालगायत तीन दर्जन बढी एलुम्नाइहरूलाई सदस्यता वितरण भइसकेको त्रिविले जनाएको छ ।
सदस्यता ग्रहण गर्दै त्रिवि पूर्व उपकुलपति माथेमाले त्रिवि एल्मुनाइ एशोसिएशनलाई अझै धेरै संस्थागत गरेर ठोस कार्ययोजनासहित अगाडि बढेमा देश विदेशमा रहने त्रिवि एल्मुनाईहरूबाट आर्थिक एवं प्राज्ञिक सहयोग मिल्नसक्ने बताउनुभयो ।
राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त एवं पूर्व सचिव कृष्णहरि बास्कोटाले एशोसिएशनको आजीवन सदस्यता ग्रहण गर्दै आफू पनि त्रिविको एलुम्नाई भएकाले आफू अध्ययन गरेको विश्वविद्यालयप्रति सदा अपनत्वको भावना रहने बताउनुभयो ।
उहाँले त्रिविमा सूचनाको हकको प्रचलन र प्रवद्र्धनका लागि एलुम्नाई एशोसिएशनले कार्ययोजना ल्याए राष्ट्रिय सूचना आयोग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताउनुभयो । राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त किरण पोखरेलले सदस्यता ग्रहण गर्दै त्रिवि एलुम्नाइले त्रिविमा प्राज्ञिक अनुसन्धानमूलक गतिविधि बढाउन संस्थागत सहयोग गर्ने अपेक्षा रहेको बताउनुभयो ।
त्रिवि एलुम्नाइ एशोेसिएशनले यही चैत महिनादेखि त्रिविका सबै पूर्व विद्यार्थीहरूलाई आजीवन सदस्यता खुल्ला गर्ने निर्णय गरेको तदर्थ समितिका महासचिव ऋदिश पोखरेलले जानकारी दिनुभयो । एशोसिएशनको विधानबमोजिम एशोसिएशनको अध्यक्ष त्रिवि सभाको पदेन सभासद् रहने व्यवस्था छ ।
त्रिवि स्थापनाको ५८ वर्षपछि त्रिविले पूर्व विद्यार्थीहरूलाई एलुम्नाइ एशोसिएशनमार्फत संगठित गर्ने र विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माण तथा शैक्षिक एवं अनुसन्धानमूलक क्रियाकलापमा सहभागी गराउने नीति अगाडि ल्याएको त्रिवि उपकुलपति डा खनियाले बताउनुभयो । (रासस)
Comments
अरु समाचार
-
विराटनगरमा अस्पतालबाट खस्दा डाक्टरकाे मृत्यु
काठमाडौं । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एकजना इन्टर्न डाक्टरको मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार बिहान करिब...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
अनियमित मौसमको असर : यस वर्ष धान उत्पादन घट्यो
भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि...
-
सञ्चय कोषको बाँकी रकम हिसाब मिलान गर्नू : अर्थ मन्त्रालय
काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारी सञ्चय कोषमा विगतमा कोषकट्टी भई बाँकी रहेका रकमको भुक्तानी लिन सम्बन्धित सञ्चयकर्तालाई आग्रह गरेको छ।...
-
आगामी निर्वाचनमा उम्मेदवारले सवारीसाधन प्रयोग गर्ने व्यवस्था कस्तो ?
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति...
-
जेनजी समूहको संयुक्त बैठकले मिरजलाई संयोजक तोक्यो, सरकार अपदस्थ गर्नेसम्मका योजना
काठमाडौं । जेनजी आन्दोलनलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यसहित ३० भन्दा बढी जेनजी समूहहरूको संयुक्त बैठकले मिरज ढुङ्गानालाई संयोजक चयन...
-
साफ महिला च्याम्पियनसिप : एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...













