ताजा समाचार

धर्मगुरु आचार्य श्रीनिवासमाथि गोली हानेकाे आशंकामा ४ जना पक्राउ

विराटनगर,२९ चैत ।धर्मगुरु आचार्य श्रीनिवासमाथि गोली प्रहार गरेको आशंकामा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

 धर्मगुरुमाथि गाेली प्रहार गरेकै दिन प्रहरीले मोरङमा दुई जनालाई अाईतबार र अर्का दुई जनालाई बुधबार साँझ पक्राउ गरेको हो। घटनामा संलग्न रहेको आशंकामा चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको मोरङका प्रहरीले जानकारी दिएकाे छ। पक्राउ परेकाहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन

विराटनगर-१४ जतुवास्थित रामजानकी मन्दिरमा बास बसेका आचार्यलाई गत आइतबार बिहान २ बजेतिर शौचालय जाने क्रममा गोली प्रहार भएको थियो । दाहिने कुममा गाेली लागेका धर्मगुरुकाे विराटनगरकाे न्यूराे अस्पतालमा उपचार भइरहेकाे छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org