ताजा समाचार

निर्माण भैरहेको नारायणगढ मुग्लिन सडक नयाँ बर्षको दिन खुल्ला रहने 

चितवन,३० चैत्र । निर्माण जारी रहेकाे नारायणगढ मुग्लिन सडकखण्ड नयाँ बर्षको दिन (भोलि) खुल्ला रहने भएको छ ।

नयाँ बर्षको दिन सवैलाई आवातजातवमा सहज होस् भनेर बन्द नगरिएकाे बताइएकाे छ । बिहान १० बजेबाट दिउँसो ४ बजेसम्म बन्द गरेर निर्माण भैरहेको सडक भाेली भने दिनभरीनै खुल्ला रहने बताइएकाे छ । बैशाख २ गते देखि फेरी सडक खुल्ला नराखि काम सुचारु गर्ने बताइएकाे छ ।

निर्माणाधिन नारायणगढ मुग्लिन सडकखण्डकाे काम हालसम्म ८८ प्रतिशत काम सकिएको छ। भरतपुरको आँपटारीबाट मुग्लिनसम्म ३३.२ किलोमिटर रहेको सडकको २८.५ किलोमिटर सडक पहिलो तह कालोपत्रे भइसकेको छ । भने दोस्रो तह २५ किलोमिटर र तेस्रो तह ५.५ किलोमिटर पिच भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org