ताजा समाचार

जुत्ताभित्र दुई केजी ८ सय ३० ग्राम अवैध सुनसहित दुई जना भारतीय नागरिक पक्राउ

काठमाडौं २, वैशाख । प्रहरीले दुई केजी ८ सय ३० ग्राम अवैध सुनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन गेटमा प्रहरीले चेक जाच गर्दा दुवै जनाले जुत्ताभित्र लुकाएर ल्याएको अवस्थामा सुन भेटिएको हो।

पक्राउ पर्नेमा भारतीय नागरिक राहदानी नम्बर आर ४१५३०७४ भएका २० बर्षीय रोकेश पाडिगेला र राहदानी नम्बर पि ६८९६३१५ भएका २७ वर्षीय सन्तोष गाड कुन्डलवार रहेका छन् ।

उनीहरु फ्लाई दुबईको उडानमार्फत दुबईबाट काठमाडौं ओर्लिएका थिए । प्रहरीका अनुसार उनीहरुबाट बरामद सुनको मूल्य १ करोड ४१ लाख ९३ हजार ६ सय रुपैयाँ पर्छ ।

प्रहरीले बरामद सुन र उनीहरुलाई आवश्यक कारवाहीको लागि त्रिभुवन बिमानस्थल भन्सार कार्यालय, सिनामंगलमा पठाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org