ताजा समाचार

सरकारले ल्यायो अभिभावक सहायता कार्यक्रम

काठमाडौं २, वैशाख । सरकारले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई सघाउने उद्देश्यले अभिभावक सहायता कार्यक्रम अघि सारेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी विद्यालयमा टिकाई राख्न अभिभावक सहायता कार्यक्रम अघि सारिएको बताएका हुन । जुन कार्यक्रम प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुमा एक बालिकालाई शनिबार अभिभावकत्व प्रदान गरी औपचारिक रुपमा सुरुवात गरेका थिए ।

मन्त्री पोखरेलले पत्रकार सम्मेलनमा भने ‘ यहाँ विद्यार्थी भर्नाको कुरा गरिरहदा विद्यार्थीलाई विद्यालयमा टिकाई राक्ने भन्ने कुराले मलाई पिरोलि रहन्छ, यो हाम्रो चुनौतीको विषय पनि हो, यसलाई हल गर्न सहयोग पुग्ने विस्वास सहित रोडम्यापमार्फत अभिभावक सहायता कार्यक्रम अगाडि सारेको छु’ ।
सरकारको यो कार्यक्रम सहकार्यमा सफल हुने योजना भएको बताउँदै मन्त्री पोखरेलले शिक्षामा समता मूलक पहँच र गुणस्तरियतालाई सँगसगै अघि बढाउन तथा आफ्न वालवालिकालाई अनिवार्य रुपमा भर्ना गराउन, उनीहरुलाई नियमित रुपमा पोषणयुक्त सन्तुलित भोजन व्यबस्था गर्न, नियमित रुपमा विद्यालय पठाउन र सिकाईका निम्ति अनुकुल वातावरण सिर्जना गर्न आह्वान गरे ।

विद्यालय उमेर समुहका बालबालिकालाई विद्यालय भित्र ल्याउन ‘एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, पहुँचको सुनिश्चितता र सिकाईमा स्थायित्व’ भन्ने नाराका साथमा प्रधानमन्त्रीको नेतृत्वमा विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण राष्ट्रिय अभियान सञ्चालन गरिएको पनि जानकारी दिए ।

विपन्न, गरिव, सीमान्तकृत, लोपउन्मुख वा पिछडिएका बर्ग क्षेत्र र समुदायका शिक्षाबाट बन्चित एक जना बच्चालाई न्यूनतम् स्टेशनरी, पोसाक र दिवा खाजाको प्रवन्ध गरी स्वच्छिक अभिभावकत्व ग्रहण गर्ने अभियानमा सहभागि हुन समेत मन्त्री पोखरेलले सबैमा आह्वान गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org