महोत्तरीमा हावाहुरीले १०० घर भत्किए एकको मृत्यु
बर्दिवास, ५ वैशाख । महोत्तरी जिल्लामा मंगलबार साँझको हावाहुरीले जनधनको क्षति गरेको छ ।
मंगलबार अबेरसाँझ चलेको हावाहुरीमा परी जिल्लाको भंगाहा नगरपालिका––५ सीतापुर धतियाटोलमा एकजनाको मृत्यु भएको र १०० भन्दा बढी घर भत्किएका छन् ।
हावाहुरी चलेको बेला धतियाटोलको ठूलो वरको रुखमुनि छलिन बसेका एकजना बटुवाको रुख ढल्दा च्यापिएर मृत्यु भएको छ । वरको रुखले थिचिएको शव क्रेनले रुख हटाएर निकालेको सीतापुर प्रहरी चौकीका इञ्चार्ज तथा प्रहरी नायब निरीक्षक अवधलाल साहले जानकारी दिनुभयो । नाम, वतन खुल्न नसकेका करीब ४० वर्षीय पुरुषको शव अहिले परीक्षणका लागि जलेश्वर अस्पताल पठाइएको सीतापुर प्रहरी चौकीले जनाएको छ ।
भंगाहा नगर क्षेत्रमा मंगलबार ६ः३० बजेतिर चलेको बेगको हावाहुरीले १०० भन्दा बढी घरमा क्षति पु¥याएको छ । भंगाहा–४, रामनगरस्थित राष्ट्रिय आधारभूत विद्यालय अधिनस्थ वन क्षेत्रका ३०० भन्दा बढी रुख ढलेका छन् । ढलेका रुखले त्यहाँका वीरबहादुर मण्डल, कञ्चा राय थारु र बालगोबिन महराको घर ढालेको प्रनानि साहले जानकारी दिनुभयो ।
बेगसहितको हावाहुरी रोकिनासाथ सीतापुर प्रहरी चौकी र भंगाहास्थित सशस्त्र प्रहरी बेस क्याम्पको टोलीले तत्काल ढलेको रुखले थिचिएको शव, भत्किएका घरमा रहेका ससाना नानीहरु र घरका परिवारजनलाई सुरक्षित ठाउँमा पु¥याएको थियो ।
जिल्लाका अन्य भेगमा पनि हावाहुरीले बालीनाली क्षति गरेको छ । बेगसहितको हावाहुरी थामिएपछि पानी परेको थियो । हावाहुरीले कैयन ठाउँका बिद्युत पोल ढाल्दा मंगलबार साँझदेखि नै जिल्लाका अधिकांश बस्तीमा विद्युत् सेवा अवरुद्ध भएको छ ।
यसैबीच, जिल्ला प्रहरी कार्यालय, महोत्तरीले जिल्लाका विभिन्न भेगमा हावाहुरीले पु¥याएको क्षति विवरण संकलन भइरहेको जनाएको छ । रासस
Comments
अरु समाचार
-
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् । आज बसेको प्रदेशसभाको दोस्रो बैठकमा मुख्यमन्त्रीले विश्वासका...
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने भएका छन् । आज बिहान साढे १० बजे बस्ने प्रदेशसभा...
-
पाथीभरा केबलकार निर्माणको विरोधमा दुइ दिन तमोर कोरिडोर बन्द
काठमाडौं । पाथीभरा केबलकार निर्माण विरोध गर्दै आज र भोलि तमोर कोरिडोर बन्द घोषणा भएको छ । विभिन्न ६ संस्थाले...
-
‘प्रधानमन्त्री छोरी आत्मनिर्भरता’ भन्ने सुनेपछि संसदमा हाँसोको फोहरा
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले झण्डै २ घण्टा लगाएर सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरे । मंगलबार संसदको दुवै सदनमा...
-
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिदै
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको...
-
केही पहाडी उच्च स्थानमा हिमपात र केही ठाउँमा वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै भारतको बिहार आसपास...
-
सर्वोच्च अदालतले वर्ल्डलिंकले हालेका सबै रिट खारेज गरिदियो, २ अर्ब कर तिर्नुपर्ने
काठमाडौं । इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले सरकारलाई तिर्नुपर्ने अर्बौं कर छल्न गरेको कानूनी प्रयास असफल भएको छ । वर्ल्डलिंकले हालेका ८...
-
मधेश सरकारबाट एमाले र माओवादी बाहिरिने
काठमाडौं । मधेश सरकारबाट नेकपा एमाले र नेकपा माओवादी केन्द्र बाहिरिने भएका छन् । आइतबार दुवै पाटिले मधेश सरकार छाड्ने...
-
देशका विभिन्न भागमा वर्षा, दिनभरी नै हल्कादेखि मध्यम वर्षा हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास...