ताजा समाचार

कर्मचारी सञ्चय कोषको प्रशासकमा गौतम 

काठमाडाैं,५ वैशाख । मन्त्रिपरिषद्काे बैठकलले कर्मचारी सञ्चय कोषको प्रशासकमा तुलसीप्रसाद गौतमलाई नियुक्त गरेकाे छ ।

कोषको प्रशासक पद खालि भएपछि खुला प्रतिष्पर्धाबाट छनोट प्रक्रिया थालिएको थियो । खुला प्रतिष्पर्धामा उत्रिएका मध्ये गौतम, दीपक रौनियार र राजेन्द्र काफ्ले सर्ट लिस्टिङमा परेका थिए । गौतम २ प्रतिस्पर्धीलाई पछि पार्दै छनोट हुन सफल भएका हुन् ।

जनप्रशासन विषयमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका गौतमले भारतको मुम्बईबाट जनसंख्या अध्ययनमा समेत पोष्ट ग्रयाजुयट डिप्लोमा गरेका छन् । मोरङका गौतमले न्युजिल्यान्डबाट रणनीति व्यवस्थापनमा स्नातकोत्तर तथा त्यहीँबाट मानव स्रोत व्यवस्थापनमा पोष्ट ग्रयाजुयट गरेका थिए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org