रसुवामा सुरक्षा व्यवस्था थप मजबुत बन्दै
रसुवा, ५ वैशाख । सडक सञ्जालले छोएको प्रहरी चौकीमा मोटरसाइकल प्रदान भएपछि सुरक्षा व्यवस्थामा थप प्रभावकारी बन्दै गएको छ ।
जिल्ला प्रहरी कार्यालय, रसुवाका प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीका अनुसार पारच्याङ, थाम्बुचेत, डाँडागाउँ, स्याफ्रु, टिमुरे प्रहरीचौकीलाई एक÷एक वटा मोटरसाइकल प्रदान गरिएको र गाउँ क्षेत्रमा काम गर्ने सुरक्षाकर्मीलाई छिटो छरितो सुरक्षा प्रदान गर्न सहजता आएको छ ।
स्थानीय तहमार्फत अहिले गाउँगाउँमा सडक निर्माणको कार्य भएका कारण प्रहरीचौकीमा सुरक्षा जनशक्ति अपुग भएमा जिल्लास्तरबाट तुरुन्तै थप मद्दत पठाउनसमेत सहज हुँदै गएको बताइएको छ ।
रसुवामा जिल्ला प्रहरी कार्यालय अन्तर्गत ११ प्रहरीचौकी रहेका र जनघनत्व संवेदनशीलतालाई मध्यनजर राखी यथेष्ठ सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।
पर्यटकीय क्षेत्र लाङटाङ, थुमन र टाकु प्रहरी चौकीमा भने सडक सञ्जालले छुन बाँकी रहेको छ ।
यस्तै, नेपाल–चीन केरुङ व्यापारका लागि बढ्ने सवारी चापलाई छुट्टै सवारी व्यवस्थापनका ट्राफिक एकाइ र लाङटाङ जाने पर्यटकका लागि स्याफ्रुबेँशी र टिमुरे रसुवागढी क्षेत्रमा तैनाथ रहेको र पर्यटक प्रहरीले लाङटाङ तथा गोसाइकुण्ड र तामाङ सम्पदा मार्गमा पदयात्रा गर्ने पर्यटकको सुरक्षामा केन्द्रित रहेको प्रहरी प्रमुख थापाले बताउनुभयो ।
सीमा क्षेत्रको भन्सार एवं अन्तर्राष्ट्रिय सीमा क्षेत्र र निर्माणाधीन साञ्जेन जलविद्युत् आयोजनाको सुरक्षामा सशस्त्र प्रहरी बल र लाङटाङ राष्ट्रिय निकुञ्जको जैविक विविधता संरक्षणका लागि नेपाली सेना तैनाथ रहेको सुरक्षा निकायले बताएको छ ।
हाल लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा रहेको नेपाली सेना कालीजंग गणले वन, वनस्पति, वन्यजन्तु संरक्षणको साथै आवश्यकताअनुसार सामाजिक कार्यमा समेत महत्वपूर्ण सहयोग गर्दै आएको लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।
यसैगरी, नेपाल–चीनबीचको रसुवागढी नाका क्षेत्रको टिमुरेलगायतका आसपास क्षेत्रमा सिसी क्यामरा जडान भएपछि गैरकानूनी क्रियाकलापको निगरानी राख्न अत्यन्तै सहज भएको र अब सामान जाँच गर्ने उपकरणको व्यवस्था हुन पनि सीमा क्षेत्रमा कार्यरत सुरक्षाकर्मीले बताएका छन् । रासस
Comments
अरु समाचार
-
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् । आज बसेको प्रदेशसभाको दोस्रो बैठकमा मुख्यमन्त्रीले विश्वासका...
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने भएका छन् । आज बिहान साढे १० बजे बस्ने प्रदेशसभा...
-
पाथीभरा केबलकार निर्माणको विरोधमा दुइ दिन तमोर कोरिडोर बन्द
काठमाडौं । पाथीभरा केबलकार निर्माण विरोध गर्दै आज र भोलि तमोर कोरिडोर बन्द घोषणा भएको छ । विभिन्न ६ संस्थाले...
-
‘प्रधानमन्त्री छोरी आत्मनिर्भरता’ भन्ने सुनेपछि संसदमा हाँसोको फोहरा
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले झण्डै २ घण्टा लगाएर सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरे । मंगलबार संसदको दुवै सदनमा...
-
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिदै
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको...
-
केही पहाडी उच्च स्थानमा हिमपात र केही ठाउँमा वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै भारतको बिहार आसपास...
-
सर्वोच्च अदालतले वर्ल्डलिंकले हालेका सबै रिट खारेज गरिदियो, २ अर्ब कर तिर्नुपर्ने
काठमाडौं । इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले सरकारलाई तिर्नुपर्ने अर्बौं कर छल्न गरेको कानूनी प्रयास असफल भएको छ । वर्ल्डलिंकले हालेका ८...
-
मधेश सरकारबाट एमाले र माओवादी बाहिरिने
काठमाडौं । मधेश सरकारबाट नेकपा एमाले र नेकपा माओवादी केन्द्र बाहिरिने भएका छन् । आइतबार दुवै पाटिले मधेश सरकार छाड्ने...
-
देशका विभिन्न भागमा वर्षा, दिनभरी नै हल्कादेखि मध्यम वर्षा हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास...