नेटवर्क व्यवसायबाट ठगीको आरोपमा सञ्चालक सहित ७ जना पक्राउ
काठमाडौं, ५ बैशाख। नेटवर्क मार्केटिङबाट ठगीमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । आईबोस ग्लोबल मार्केटिङ कम्पनीको नामबाट नेटवर्क व्यवसाय गर्ने सञ्चालक राजकुमार दंगालसहित ७ जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काभ्रे पाँचखालका दगालसहित दोलखाका नारायण शिवाकोटी, रामेछापका भक्तबहादुर नेपाली, रवीन नेपाली, तिर्सना सुनुवार र पूर्णबहादुर श्रेष्ठ र सोलुखुम्बुका प्रदीप राई रहेका छन् ।
यिनीहरुले सदस्यताबापत मोटो रकम लिइ नेटवर्कमा आवद्ध गराई पिरामिड संरचनामा सदस्यहरुको ठगी गरेको प्रहरीको भनाइ छ । पक्राउ परेका ७ जनामध्ये सबैभन्दा धेरै दोलखाका नारायण शिवाकोटीले ५ हजार ८ सय ८९ जना सदस्य बनाएका थिए ।
सीआईबीले मंगलबार चुच्चेपाटीस्थित आईबोस ग्लोबल मार्केटिङको केन्द्रीय कार्यालयमा छापा मारी ६६ जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरुमध्ये छानबिनपछि ७ जनालाई ठगी अभियोगमा अनुसन्धान अघि बढाएको सीआईबीले जनाएको छ ।
Comments
अरु समाचार
-
अध्यागमनको छवि सुधार गर्न आवश्यक छ: गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालयले आफ्नो छवि सुधार गर्न आवश्यक रहेको बताएका छन् । अध्यागमन कार्यालयका बारेमा नकरात्मक...
-
बङ्गलादेशले लगायो पोलिथिन झोला प्रयोगमा प्रतिबन्ध
काठमाडौं । बङ्गलादेशका सबै सुपरमार्केटमा प्लाष्टिक (पोलिथिन एण्ड पोलिप्रोपाइलिन ब्याग) झोला राख्न प्रतिबन्ध लगाइएको छ । यो निर्णय अक्टोबर १...
-
प्रधानमन्त्रीविरुद्ध सामाजिक सञ्जालमा भइरहेका गतिविधि देशहित विपरीत छन्ः महासचिव पोखरेल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली विदेशमा रहेका बेला प्रधानमन्त्री विरुद्ध सामाजिक सञ्जालमार्फत...
-
पोखरीमा डुबेर बेपत्ता भएकी बालिकाको शव फेला
काठामाडौं । धनुषाको धनुषा धाममा रहेको पोखरीमा डुबेर बेपत्ता भएकी बालिकाको शव आज बिहान फेला परेको छ । धनुषाधाम नगरपालिका...
-
घमेश दुलालले ल्याए खर्च दशैंलाई (भिडियो)
काठमाडाैं । चर्चित गायक घमेश दुलालले 'खर्च दशैंलाई' बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलालले आफ्नै युट्युब...
-
दाङमा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते
काठमाडौं । दाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । घोराही उपमहानगरपालिका–११ खुङकोटका निमकली साहुको...
-
मन्त्री राणा र अमेरिकी उपमन्त्री वासबीच भेटवार्ता
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन आएकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग अमेरिकाका राजनीतिक मामिलासम्बन्धी कार्यवाहक उपविदेश मन्त्री जोन...
-
बङ्गलादेशले मौद्रिक नीतिमा कडाइ गर्ने
काठमाडौं । बङ्गलादेशको केन्द्रीय बैङ्कले मुद्रास्फीति नियन्त्रण गर्न सरकारलाई सहयोग पु¥याउने उद्देश्यले आगामी महिनाको अन्त्यसम्ममा दुई पटक नीतिगत दरमा वृद्धि...
-
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान गरेको छ । आयोगले आज एक सूचना...