प्रधानमन्त्रीद्वारा दुई दलित विद्यार्थीको अभिभावकत्व ग्रहण
लहान, ५ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सिरहाका दुई दलित विद्यार्थीको अभिभावकत्व ग्रहण गर्नुभएको छ ।
विद्यालय भर्ना अभियान २०७५ अन्तर्गत आज सिरहाको कल्याणपुरस्थित रामदुलारी माविमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओली रुपाकुमारी खत्बे र पवन मरिक डुमको अभिभावकत्व ग्रहण गर्दै ती विद्यार्थीलाई शैक्षिक सामग्रीसमेत प्रदान गर्नुभयो ।
सो अवसरमा प्रधानमन्त्री ओलीले दलित विपन्न परिवारका बालबालिका अझैसम्म विद्यालय बाहिर रहेकाले विद्यालयसम्म ल्याउन आफूले अभिभावकत्व ग्रहण गरेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले आफूले भर्ना गराएका विद्यार्थी सफल भएको हेर्न चाहेको बताउँदै भर्ना अभियानअन्तर्गत विद्यालय गएका विद्यार्थीलाई विद्यालयमै टिकाउन सरकारले सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
निरक्षरता उन्मूलनमा आ–आफ्नो ठाउँबाट योगदान पु¥याउन सबैमा अपिल गर्दै उहाँले निरक्षरता उन्मूलन गरी नेपाललाई साक्षर मुलुक घोषणा गर्ने लक्ष्य सरकारले लिएको बताउनुभयो ।
तराईमा क्रियाशील समूहलाई राजनीतिक मूल प्रवाहमा आउन आग्रह गर्दै उहाँले भन्नुभयो – “अब आर्थिक क्रान्तिको माध्यमबाट मुलुकलाई समृद्ध बनाउने सरकारको लक्ष्य रहेको छ ।”
सडक पूर्वाधार, खानेपानी र स्वास्थ्यजस्ता अति महत्वपूर्ण योजना सञ्चालन भइसकेको र अब यस्ता कार्यमा ढिलासुस्ती गर्नेलाई सरकारले छुट नदिने पनि उहाँले बताउनुभयो ।
सो अवसरमा संघीय शिक्षामन्त्री गिरिराजमणि पोखरेलले दलित छात्र सोनुकुमार खत्बेको अभिभावकत्व ग्रहण गर्दै अब विद्यालय भर्ना भएकै दिन विद्यार्थीले सहजरुपमा पाठ्यपुस्तक प्राप्त गर्ने विश्वास दिलाउनुभयो ।
उहाँले पाठ्यपुस्तक वितरण भइरहेको कमिसनको खेल रोक्न सरकार लागिपरेको उल्लेख गर्दै विद्यालय भर्ना अभियानसँगै अब घरदैलो अभियानसमेत सञ्चालन गर्न लागेको जानकारी दिनुभयो ।
प्रदेश नं २ प्रदेश करीव दुई लाख बालबालिका विद्यालय बाहिर रहेको सार्वजनिक भए पनि शिक्षा मन्त्रालयको तथ्याँकअनुसार एक लाख ५३ हजार बालबालिका मात्र विद्यालय बाहिर रहेको दाबी गर्दै उहाँले भन्नुभयो – “बालबालिकालाई विद्यालयसम्म ल्याउन भर्ना अभियान सञ्चालन गरिएको हो ।”
सोहीअवसरमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले अर्का दलित छात्र राहुलकुमार खत्बेलाई विद्यालय भर्ना गराउँदै शिक्षाको पहुँचबाट कोही बञ्चित नहोस् भनेर सरकारले शुरु गरेको भर्ना अभियान सहभागी हुन सबैसँग आग्रह गर्नुभयो ।
अन्य प्रदेशभन्दा प्रदेश नं २ हरेक दृष्टिकोणबाट पछाडि रहेकाले यो प्रदेशलाई विशेष प्राथमिकता दिएर बजेट उपलब्ध गराउन उहाँले मागसमेत गर्नुभयो । कल्याणपुर नगरपालिकाका प्रमुख सूर्यनाथ मण्डलको अध्यक्षतामा भएको सो कार्यक्रममा सिरहाका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले दलित छात्रा मनिषाकुमारी डुमको अभिभावकत्व ग्रहण गर्नुभयो । यसैगरी, सिरहाका जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोले पाँच जना र शिक्षा विभागका तारक धितालले १० जना दलित विद्यार्थीको अभिभावकत्व ग्रहण गर्नुभएको थियो । (रासस)
Comments
अरु समाचार
-
आईपीएलमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर भिड्दै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर जाएन्ट्स खेल्दैछन् । यी दुई देशको खेल...
-
जनकपुर–जयनगर रेल्वे सेवा तीन दिनसम्म बन्दरहने
जलेश्वर । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ ।नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक...
-
प्रतिनिधिसभाको बैठकमा आजपनि अवरोध कायमै रहने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि विहीबार स्थगित भएको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज बिहान...
-
अग्रगामी र राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्याउनुपर्छ:अध्यक्ष ओली
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितको सम्वद्र्धन, सुशासन र तीव्र विकासलाई अगाडि बढाउन...
-
नेप्से परिसूचकमा झिनो अङ्कको बृद्धि
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार,...
-
स्लोभाक प्रधानमन्त्री फिकोमाथि भएको आक्रमण कायरतापूर्ण कार्य: प्रधानमन्त्री मोदी
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको गोली प्रहारलाई ‘कायरतापूर्ण र डरलाग्दो कार्य’ भएको निन्दा गर्दै...
-
पूर्वप्रधानसेनापति सिंहको निधन
काठमाडौं । पूर्वप्रधानसेनापति धर्मपालवर सिंह थापाको निधन भएको छ । लामो समयदेखि फोक्सोसम्बन्धी रोगबाट पीडित उहाँको आज ८५ वर्षको उमेरमा...
-
सत्तापक्ष संसदीय छानबिन समिति बनाउन तयार, कांग्रेसले गृहमन्त्रीलाई बोल्न दिने
काठमाडौं । सहकारी ठगी प्रकरणले बन्धक बनेको संघीय संसद् निकासोन्मुख देखिएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उठाउँदै आएको संसदीय...
-
निजी छाडेर सामुदायिक विद्यालयमा भर्ना
काठमाडौं । पछिल्लो सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढिरहेको छ । निजी विद्यालय छाडेर पनि सामुदायिक विद्यालयमा भर्ना हुन आउनेको सङ्ख्या...