प्रदेश सभाका ४ समितिको सभापतिमा ४ पार्टीलाई मिलाएर निर्विरोध चयन गरिएको हो ।
प्रदेशसभामा प्रतिनिधित्व रहेको नयाँ शक्तिबाहेक एमाले, माओवादी, कांग्रेस र जनमोर्चालाई एकएक समितिको सभापति पाएका छन् । नयाँ शक्तिका २ सांसद समितिका सदस्य छन् ।
विधायन समितिमा एमालेका मोहनप्रसाद रेग्मी, सार्वजनिक लेखा समितिमा कांग्रेसका कुमार खड्का, अर्थ तथा विकास समितिमा माओवादीका दीपक कोइराला र प्रदेश मामिलामा जनमोर्चाका कृष्ण थापा निर्विरोध सभापति बने ।चारै जनाले आइतबार प्रदेश सभामा सभामुखबाट सपथ लिएका छन् ।
चारै समितिको अलगअलग बैठक बसेर सहमतिमै सभापतिको टुंगो लगाइएको थियो । सोही अनुसार एकल उम्मेदवारी दर्ता भएको थियो । सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षीले लिएको छ ।