ताजा समाचार

नेपाल प्रहरीका ७ प्रहरी उपरीक्षक (एसपी) को सरुवा,कसकाे सरुवा कहाँ ?

काठमाडाै,१७ वैशाख । नेपाल प्रहरीका ७ जना प्रहरी उपरीक्षक (एसपी) को अाज सरुवा गरिएकाे छ । ।

साढे ३३ किलाे सुन काण्डमा मुछिएका मकवानपुरका प्रहरी प्रमुख विकासराज खनालको ठाउँमा लोकेन्द्र श्रेष्ठलाई पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएकाे छ । अख्तियार दुरूपयोग अनुसन्धान अायाेग, कञ्चनपुर दबरबन्दी भइ हाल टंगालमा कार्यरत् दानबहादुर कार्की प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको सचिवालयमा आएका छन् ।

त्यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा कार्यरत् राजन अधिकारीलाई सुनसरीमा सरुवा गरिएको छ ।केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का जीवन श्रेष्ठ जिल्ला प्रहरी कार्यालय, सिरहामा सरुवा भएका छन् ।त्यसै गरी डम्बरबहादुर विक महानगरीय ट्राफिक प्रहरी कार्यालयबाट जिल्ला प्रहरी कार्यालय, धादिङ र जिल्ला प्रहरी कार्यालय, सिरहाका शेखर कोइराला ट्राफिक निर्देशनालयमा आएका छन् ।

त्यस्तै, धादिङका ध्रुवराज राउतलाई अनुसन्धान विभागमा पठाइएकाे छ  ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org