ताजा समाचार

‘विमानस्थलबाट कसरी छिर्छ सुन ?’ पत्रपत्रिकाकाे सँगालाे

काठमाडाैं,२० वैशाख । अाज प्रकासित  सबै पत्रकत्रिकाले प्रायजसाे साढे ३३ किलो सुन गायब र सनम शाक्यको हत्या प्रकरणमा मुछिएका ६३ जनालाई मुद्दा हालेको विषयलाई प्रमुख समाचार बनाएका छन् ।

कांग्रेस महासमितिको बैठकमा नेताहरुको तयारी, भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमणको तयारीस्वरुप भारतीय सेनाले हेलिकोप्टर अवतरणको पूर्वाभ्यास गरेको, पुरातात्विक महत्वको काष्ठमण्डपका काठहरु कुहिँदै गएको, बजेट अधिवेशनको कार्यसूची तय भएको लगायतका समाचाहरुले पनि पत्रिकाहरुको पहिलो पृष्ठमा स्थान पाएका छन् ।

विमानस्थलमा सुन कसरी छिर्छ ?

अाज नयाँ पत्रिका दैनिकले ‘विमानस्थलबाट कसरी सुन छिर्छ ?’ भनेर पूर्वएआईजी विज्ञानराज शर्माको भनाइलाई समेत समेटेको छ । शर्माका अनुसार – त्यहाँ बिभिन्न घेरा हुन्छन् । तस्करले पहिलो चरणमा भन्सार कार्यालयका कर्मचारीसँग ‘सेटिङ’ मिलाउँछन् । एयरलाइन्सका कर्मचारीसँग पनि ‘सेटिङ’ हुन्छ । तेस्रो घरामा मात्र प्रहरीसँग सेटिङ हुन्छ ।

त्यस्तै, अध्यागमनका कर्मचारी र गुप्चरसँग पनि मिलेमतो हुन्छ । विमानस्थलमा खटिएका गुप्तचरसँग भने तस्करको सोझो सम्पर्क हुँदैन । भन्सार र अध्यागमनका कर्मचारीमार्फत् गुप्तचरका कर्मचारीसँग मिलेमतो हुन्छ । यसरी सबै संयन्त्र कब्जामा लिएपछि तस्करीको योजना सफल हुन्छ । त्यसैले छानबिन सबै संयन्त्रमाथि हुनुपर्ने हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org