काठमाडाैं,२१ वैशाख । देश भरिनै यातायात ठप्प पारेर बसेका यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्री रामबहादुर थापा बादल ले निर्देशन दिएका छन् ।
यातायातकाे हड्ताल गरेर सर्वसाधारणलाई मार्कामा पारेकाे भन्दै गृहमन्त्री बादलले अत्यावश्यक सेवा सञ्चालन ऐनअनुरुप कारवाही गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएका छन् ।
यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न प्रहरी परिचालन गरिने गृहमन्त्रालयले जनाएकाे छ ।