ताजा समाचार

यातायात व्यवसायीहरू समिति खारेज गरेर कम्पनीमा जान तयार

 

 

काठमाडौं,२४ वैशाख । यातायात व्यवसायीहरू अब सबै समिति खारेज गरेर कम्पनी मार्फत जान तयार भएका छन् ।

यातायात व्यवसायी समिति जिल्ला प्रशासन कार्यालयमा गैरसरकारी संस्थाको हैसियतमा दर्ता हुँदै अाएकाे थियाे भने अहिले सरकारले कम्पनीका रूपमा दर्ता गरेर मात्र यातायात सञ्चालन गर्न पाउने निर्णय गरेको छ

सरकारले सिन्डिकेट अन्त्य गर्ने निर्णय गरेपछि रुष्ठ भएका व्यवसायीहरु शुत्रबार गाडी नचलाई आन्दोलनमा उत्रिएका थिए । आन्दोलनमा उत्रीएसँगै उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका व्यवसायीलाई सरकारले सिन्डिकेट नगर्ने र सरकारलाई सघाउने सर्तमा कागज गरेर रिहा गरेको थियो।

आइतबार सरकारसंग वार्ता गरेर व्यवसायीहरुले अान्दोलनको कार्यक्रम फिर्ता लिएर कम्पनिमा जाने लगायतका सहमति गरेका छन् । सरकारले सवारी साधन नचलाउने व्यवसायीलाई पक्राउ गरी रूट परमिटसमेत खारेज गर्ने भनेपछि व्यवसायीहरु सरकारको सर्त मान्न तयार भएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org