ताजा समाचार

सम्पूर्ण पार्टीगत कुराहरु मिलिसके अब चाडै एकता हुन्छ : नारायणकाजी श्रेष्ठ

 

वीरगञ्ज,१ जेठ । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टी एकताका विषयमा सम्पूर्ण कुरा मिलिसकेकाले अब चाडै पार्टी एकता  हुने बताएका छन् ।

एकतापछि कुनै पनि कुरामा किचलो नहोस र एकता दीर्घकालीन हाेस भनेर  केही विषयमा अझैपनि सहमति भइरहेको बताए । साथै उनले मोदी भ्रमणका कारणले पार्टी एकतामा बाधा आएको कुरा बाहिर आएका छन् ति सरासर गलत प्रचार भएको पनि बताए ।

भारतीय प्रधानमन्त्री  मोदीलाई गरिएको नागरिक अभिनन्दनका क्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दिएको अभिव्यक्तिप्रती आप्पति जनाए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org