ताजा समाचार

अब विपन्नलाई सरकारले निःशूल्क मिटर जोडिदिने

 

काठमाडौं,९ जेष्ठ । सरकारले आगामी आर्थिक वर्ष (आव) २०७५ र २०७६ देखि विपन्न वर्गका परिवारलाई निःशूल्क मिटर जोडिदिने योजना अघि सारेको छ।

विद्युत चुहावट रोक्नका लागि सरकारले विपन्न परिवारलाई निःशूल्क मिटर जडान गर्ने योजना अघि सारेको हो ।

आगामी आवको बजेट भाषणमा नै विपन्न वर्गलाई यस्तो मिटर निःशूल्क वितरणको योजनालाई समावेश गर्न लागिएको छ आगामी आवको बजेटबाटै उक्त विषयलाई सम्बोधन गर्ने तयारी सरकारको छ ।

विपन्न, दलित, लोपोन्मुख आदिवासी जनजाति नविकरणीय उर्जामार्फत उर्जामा अधिकतम सहभागी गराउने योजना सरकारको छ । ग्रामीण विद्युतीकरणमा सरकारी लगानी वृद्धि गरी थप प्रभावकारी बनाउने लक्ष्य सरकारले लिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org