ताजा समाचार

किशोरको शव फेला

 

कपिलवस्तु, ९ जेठ । कपिलवस्तु शिवराज नगरपालिका –६ सन्डीमा आज बिहान बेवारिसे अवास्थमा एक किशोरको शव फेला परेको छ ।

चन्द्रौटा कृष्णनगर सडक खण्डको सन्डी गाउँ जाने बाटोको छेउमा कालो टिसर्ट र सेतो पाइन्ट लागएको अवस्थामा अन्दाजी १४÷१५ वर्ष जस्तो देखिने किशोरको शव फेला परेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी सहायक निरीक्षक विष्णु राउतले जानकारी दिए ।

स्थानीयले किशोरको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शबको स्वास्थ्य परीक्षणका लागि शिवराज अस्पताल बहादुरगञ्जमा पठाइएको प्रहरी सहायक निरीक्षक राउतले बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org