बालकृष्ण ढुंगेलसहित ८ सय ५० कैदी गणतन्त्र दिवसमा जेलमुक्त हुने
काठमाडौं– नेता बालकृष्ण ढुंगेलसहित ८ सय ५० कैदीलाई बाँकी कैद माफी दिई गणतन्त्र दिवसमा जेलमुक्त गर्ने प्रक्रिया अघि बढाइएको छ। कारागार व्यवस्था विभागले मंगलबार ढुंगेलसहितका कैदीको बाँकी कैद माफीका लागि गृह मन्त्रालयमा सिफारिस गरेको हो।
‘सजाय माफी, मुलतबी, परिवर्तन वा कम गर्ने सम्बन्धी कार्यविधि २०७१’ अनुसार सिफारिस गरिएको हो।
विभागका महानिर्देशक हरिप्रसाद मैनालीले कार्यविधि अनुसार करिब ८ सय ५० कैदीलाई छाड्न सिफारिस गरिएको बताए। तर, त्यसमा बालकृष्ण ढुंगेलको नाम छ र छैन भन्ने उनले प्रस्ट पार्न चाहेनन्।
‘करिब ८ सय ५० को नाम कानुन अनुसार नै सिफारिस भएको छ, व्यक्ति विशेषको नाम याद भएन’, मैनालीले भने। स्रोतका अनुसार, ढुंगेलको नाम पनि कैद माफीका लागि सिफारिस भएको छ। कार्यविधिको कैद माफी सम्बन्धी मापदण्डभित्रै पर्ने भएकाले ढुंगेलको नाम पनि सिफारिस गरिएको विभागका एक अधिकारी बताउँछन्।
कर्तव्य ज्यान मुद्दामा ढुंगेललाई सर्वश्वसहित जन्मकैदको फैसला गरिएको छ। गत कात्तिक १४ गते पक्राउ परेका ढुंगेल डिल्लीबजार कारागारमा छन्।
कारागार व्यवस्थापन नियमावली र कार्यविधि अनुसार ४० प्रतिशत कैद भुक्तान गरिसकेपछि असल चालचलनको आधारमा कैदीलाई छाड्न सकिन्छ। सोही प्रावधान अनुसार उनलाई गणतन्त्र दिवसको दिन आगामी जेठ १५ गते छाड्न लागिएको हो। कैद माफी गर्न सरकारले निर्णय गरेपछि राष्ट्रपतिबाट स्वीकृत हुनुपर्छ।
नेपालको कानुन अनुसार जन्मकैद सजाय भनेको अधिकतम २० वर्ष मात्र कैद सजाय हुन्छ। ढुंगेल द्वन्द्वकालमै पक्राउ परी साढे ७ वर्ष जेल बसेका थिए। कात्तिकमा पक्राउ परेका उनको कैद भुक्तान बैसाखमै ८ वर्ष पुगिसकेको छ। २० वर्षको ४० प्रतिशत ८ वर्ष हुन्छ। त्यसकारण असल चालचालनको कैदी भनेर सोही कार्यविधि अनुसार उनलाई जेलमुक्त गर्न लागिएको हो।
कार्यविधि अनुसार २३ वटा मुद्दा बाहेक अन्यमा कैद माफी दिन सकिने प्रावधान छ। कर्तव्य ज्यान मुद्दा पनि माफी दिन मिल्ने अन्तर्गत राखिएको छ। जसकारण ढुंगेलले पनि १२ वर्ष कैद माफी पाउन लागेका हुन्।
उज्जन श्रेष्ठको हत्या अभियोगमा २०६१ मा जिल्ला अदालत ओखलढुंगाले ढुंगेललाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद सजाय सुनाएको थियो। सो फैसलालाई पुनरावेदन अदालत राजविराजले सफाइ दिएपछि उनी छुटेका थिए। पछि सर्वोच्च अदालतले २०६६ सालमा जिल्ला अदालतको फैसला सदर गरी उनलाई सर्वश्वसहित जन्मकैदकै फैसला सदर गरेको हो। फैसलाको करिब ८ वर्षसम्म पनि फैसला कार्यान्वयन नभएपछि उनी प्रहरीसँग करिब ९ वर्षको लुकामारीपछि पक्राउ परेका थिए।
गत कात्तिक ७ गते सर्वोच्च अदालतले एक साताभित्र ढुंगेललाई पक्राउ गर्न नेपाल प्रहरीका तत्कालीन आइजिपी प्रकाश अर्याललाई आदेश दिएपछि उनी पक्राउ परेका हुन्।
जेल बसेर सुध्रिएका व्यक्तिहरुलाई छाड्ने उद्देश्यले कैद छुटको प्रावधान राखिए पनि आर्थिक चलखेलका आधारमा ४० प्रतिशत कैद भुक्तान भएका सबैजसो कैदीलाई गणतन्त्र दिवस र दशैंको बेला छाड्ने परम्परा रहँदै आएको छ। अझ अचम्म के छ भने, वन्यजन्तुको कारोबार, ठगी, वैदेशिक रोजगार ठगी जस्ता सामान्य प्रकृतिका अपराधमा संलग्नहरुलाई कैद माफी दिन नमिल्ने सूचीमा राखिएको छ, तर सबैभन्दा गम्भीर किसिमको अपराध कर्तव्य ज्यान मुद्दामा भने माफी दिने प्रावधान राखिएको छ।
Comments
अरु समाचार
-
घमेश दुलालले ल्याए खर्च दशैंलाई (भिडियो)
काठमाडाैं । चर्चित गायक घमेश दुलालले 'खर्च दशैंलाई' बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलालले आफ्नै युट्युब...
-
दाङमा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते
काठमाडौं । दाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । घोराही उपमहानगरपालिका–११ खुङकोटका निमकली साहुको...
-
मन्त्री राणा र अमेरिकी उपमन्त्री वासबीच भेटवार्ता
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन आएकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग अमेरिकाका राजनीतिक मामिलासम्बन्धी कार्यवाहक उपविदेश मन्त्री जोन...
-
बङ्गलादेशले मौद्रिक नीतिमा कडाइ गर्ने
काठमाडौं । बङ्गलादेशको केन्द्रीय बैङ्कले मुद्रास्फीति नियन्त्रण गर्न सरकारलाई सहयोग पु¥याउने उद्देश्यले आगामी महिनाको अन्त्यसम्ममा दुई पटक नीतिगत दरमा वृद्धि...
-
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान गरेको छ । आयोगले आज एक सूचना...
-
प्रधानमन्त्रीओली र विश्व बैंकका अध्यक्ष बंगाबिच भेटवार्ता
काठमाडौं । संयुक्त राष्ट्र संघको ७९ औं महासभामा प्रधानमन्त्री केपी शर्मा ओली र विश्व बैंक समूहका अध्यक्ष अजय बंगाबिच भेटवार्ता...
-
साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल सञ्चालन
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका दुई स्थानमा दसैं, तिहार र छठका अवसरमा सुपथ...
-
उपप्रधानमन्त्री विष्णु पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबिच भेटवार्ता
काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबिच बेइजिङमा भेटवार्ता भएको छ । भेटवार्ताका अवसरमा दुई...
-
तनहुँ मालपोतद्वारा ३६ करोड राजस्व सङ्कलन
काठमाडौं । मालपोत कार्यालयले आर्थिक वर्ष २०८०–८१ मा रु ३६ करोड राजस्व सङ्कलन गरेको छ । यो आव २०७९÷८० को...