सुन तस्करी प्रकरण वरिष्ठ अधिवक्ताको ‘असंगत’ काम
बहुचर्चित सुन तस्करी प्रकरणमा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले गत वर्ष महान्यायाधिवक्ताको हैसियतमा सरकारी पक्षबाट मुद्दाको प्रतिरक्षा गर्दै बहस गरे, आरोपितहरूमाथि कठोर सजाय मागदाबी गरे ।
पछिल्लो ३३ किलो तस्करीको सुन त्रिभुवन विमानस्थलबाटै गायब पारिएको र खोज्ने क्रममा भएका हत्यासम्बन्धी मुद्दामा भने उनी कानुन व्यवसायीको हैसियतमा आरोपितका पक्षमा उभिए । आरोपितको कानुुनी प्रतिरक्षा गरे ।
फरक–फरक समयमा दायर यी दुई मुद्दाका विषय एउटै हो– संगठित सुन तस्करी । अझ कतिपय प्रतिवादी दुवै मुद्दामा उही छन् । विशेष अनुसन्धान समितिले पनि यी घटनालाई ०६९ देखिकै शृंखला भएको दाबी गरेको छ । यसरी उही प्रकृतिको, प्रतिवादीसमेत उही रहेका मुद्दामा कानुन व्यवसायीले वादी र प्रतिवादी दुवै पक्षबाट बहस गर्न मिल्छ रु पूर्वमहान्यायाधिवक्ता बद्रीबहादुर कार्की महान्यायाधिवक्ताले आफ्नो कार्यकालमा दर्ता भएका कुनै पनि मुद्दामा पदबाट हटेपछि विपक्षबाट बहस गर्नु उचित नहुने बताउँछन् ।
‘मैले आफूले नियुक्ति पाएदेखि अवकाश पाएको मितिसम्म दायर भएका कुनै पनि सरकारवादी मुद्दाको विपक्षमा मुद्दा हेरिनँ, त्यससँग जोडिएका अरू मुद्दा पनि हेर्ने कुरा भएन,’ कार्कीले कान्तिपुरसँग भने, ‘मैले मलाई लागेको कुरा गरेँ, मेरो नियम सबैले मान्नुपर्छ भन्ने छैन । अरूका हकमा त अरूलाई नै सोध्नुपर्ला ।’
कान्तिपुर दैनिक
Comments
अरु समाचार
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
अनियमित मौसमको असर : यस वर्ष धान उत्पादन घट्यो
भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि...
-
सञ्चय कोषको बाँकी रकम हिसाब मिलान गर्नू : अर्थ मन्त्रालय
काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारी सञ्चय कोषमा विगतमा कोषकट्टी भई बाँकी रहेका रकमको भुक्तानी लिन सम्बन्धित सञ्चयकर्तालाई आग्रह गरेको छ।...
-
आगामी निर्वाचनमा उम्मेदवारले सवारीसाधन प्रयोग गर्ने व्यवस्था कस्तो ?
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति...
-
जेनजी समूहको संयुक्त बैठकले मिरजलाई संयोजक तोक्यो, सरकार अपदस्थ गर्नेसम्मका योजना
काठमाडौं । जेनजी आन्दोलनलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यसहित ३० भन्दा बढी जेनजी समूहहरूको संयुक्त बैठकले मिरज ढुङ्गानालाई संयोजक चयन...
-
साफ महिला च्याम्पियनसिप : एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...












