‘ऋण कमाउन विदेश गइएछ !’
खोटाङ, १० जेष्ठ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का रामप्रसाद आचार्य वैदेशिक रोजगारका लागि पहिलोपटक मलेसिया गए । सन् २००१ मा रु ८५ हजार मेनपावर कम्पनीलाई बुझाएर मलेसिया जानुभएका आचार्यको कमाइ करिब रु १० हजार मात्र हुन्थ्यो ।
विदेश जाँदा काढेको ऋण तिर्नै उनलाई हम्मेहम्मे पथ्र्यो । काम गर्ने सिलसिलामा दशौँ महिनामा घरको छतबाट लडेर उनको खुट्टा भाँच्चियो । दश महिनासम्म कमाएको पैसाले उपचार गर्न पनि पुगेन ।
सत्र महिना मलेसियामै आराम गरेर उनी स्वदेश फर्के । मलेसिया जाँदाको ऋण तिर्न आचार्य रु एक लाख १५ हजार ऋण खोजेर कतार लागे । “कतारमा शुरुमा भनेजस्तो काम र दाम पटक्कै भएन, सात वर्षसम्म पसिना बगाएर रु तीन लाख जम्मा गरेर २०६५ सालमा घर फर्किए,” उनले पीडा सुनाउए ।
करीब सात वर्षसम्म घरमै थकान मेटाएका आचार्य २०७१ सालमा फेरि मलेसिया हान्निए । मलेसिया पुगेको चार महिना पुग्दा नपुग्दै आचार्यको धन्नैले मात्र ज्यान बच्यो । “इलेक्ट्रिसियनको काम गर्थें, काम गर्दै गर्दा छतबाट भुइँमा खसेछु,” उनले भने, “एक दिनभरि होसै आएन, धन्न समयमै उपचार पाएर ज्यान बचेको छ ।”
आचार्यको ज्यान त बच्यो तर हातखुट्टा दुवै बेकामे भए । टाउकोमा समेत गहिरो चोट लागेका आचार्य त्यहीको अस्पतालमा १० महिनासम्म रहे । “घरबाट रु सात लाख मगाएर उपचार गरी फर्किएँ,” विगत सम्झँदै आचार्य भन्छन् , “ज्यान भत्काउन र ऋण कमाउन विदेश गइएछ ।”
शारीरिक अपाङ्गता भएर घर फर्कनुभएका आचार्यले हाल, थोरै लगानीमा घरमै सानो पसल शुरु गरेका छन् । दुई छोरा र श्रीमतीको साथमा रहेका आचार्यले हप्तामा दुईपटक लाग्ने दिक्तेलबजारको हटियामा कपडा पसल राखेर व्यापार गर्दै आएका छन् ।
Comments
अरु समाचार
-
कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा राजेन्द्र अधिकारी नियुक्त
काठमाडौं । कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा डा राजेन्द्र अधिकारी नियुक्त भएका छन् । कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले...
-
पाथीभरा केबलकार निर्माणको विरोधमा दुइ दिन तमोर कोरिडोर बन्द
काठमाडौं । पाथीभरा केबलकार निर्माण विरोध गर्दै आज र भोलि तमोर कोरिडोर बन्द घोषणा भएको छ । विभिन्न ६ संस्थाले...
-
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिदै
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको...
-
केही पहाडी उच्च स्थानमा हिमपात र केही ठाउँमा वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै भारतको बिहार आसपास...
-
एक सातासम्म मेघगर्जनसहित पानी पर्ने,चट्याङबाट जोगिन विज्ञको आग्रह
काठमाडौं । अहिले नेपालमा सक्रिय मौसमी प्रणाली आगामी केही दिनसम्म रहने भएकाले यो साताभरि नै देशका विभिन्न भागमा मेघगर्जनसहित पानी...
-
कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त
विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की कोशी प्रदेशकाे मुख्यमन्त्री नियुक्त भएका छन् । एमाले र...
-
कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश
काठमाडाैं । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको दाबी पेश भएको छ। नेकपा एमाले र माओवादी केन्द्रका ५२ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित...
-
सर्वोच्च जाने तयारीमा केदार कार्की
काठमाडाैँ । प्रदेश प्रमुखको कार्यालयले नयाँ सरकार गठनको आह्वान गरेसँगै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की अदालत जाने तयारीमा रहेका छन्।...
-
तुम्लिङटार विमानस्थलमा बाह्र दिनदेखि उडान ठप्प
काठमाडाैँ । सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प भएको छ। विमानस्थल तुवाँलोले ढाकेपछि १२ दिनदेखि उडान ठप्प भएको हो। वैशाख...