सुकिलुम्बा विमानस्थल परीक्षण उडानका लागि तयार
मंगलबारे, इलाम, १६ जेष्ठ । सुकिलुम्बा विमानस्थल परीक्षण उडानका लागि तयार भएको छ ।
यसअघि विमानको उडान परीक्षण पटक पटक प्रभावित हुँदै आएको थियो । गत जेठ ३ गते नै परीक्षण उडानका लागि मैदान तयार गरिए पनि वर्षाका कारण उडान हुन नसकेको विमानस्थलमा कार्यरत इन्जिनियर सन्दीप मिश्रले जानकारी दिए ।
“धावन मार्ग परीक्षण उडानका लागि तयार भइसकेको छ,” उनले भने ।
नागरिक उड्डयन प्राधिकरणले आगामी सोमबार विमान उडान परीक्षण गर्ने तयारी गरेको छ । मौसमले साथ दिएमा परीक्षण उडान गर्ने तयारी गरिएको नागरिक उड्डयन प्राधिकरणअन्तर्गत सुकिलुम्बा विमानस्थल आयोजना प्रमुख इन्जिनियर पुष्प न्यौपानेले जानकारी दिए । जहाज उडान परीक्षणका लागि प्राधिकरणले तारा एयरसँग सम्झौता गरेको छ । तारा एयरका पाइलट विमानस्थलको अवस्था जाँच गरी फर्केका छन् ।
“गत वर्ष वैशाखमै उडान परीक्षण गर्ने योजना थियो, निर्माण नसकिएका कारण ढिला भएको हो,” उनले भने ।
निर्माण व्यवसायी मोहन गुरुङ विमानस्थल भिरालो र माटोमात्र भएकाले पानीले निर्माण प्रभावित पारेको बताउछन् । धावन मार्गका लागि करीब रु एक करोडमा काष्ठमाण्डप निर्माण सेवा प्रालिसँग ठेक्का सम्झौता गरिएको थियो । विमानस्थलको धावन मार्ग ७०० मिटर लामो र ६० मिटर चौडा छ । रु नौ करोडमा ढल व्यवस्थापनको काम भइरहेको छ ।
सुकिलुम्बा विमानस्थल निर्माण सम्पन्न भए पाँचथर, इलामसहित भारतको, दार्जिलिङ, सिक्कमलगायतका बासिन्दालाई सजह हुनेछ । हालसम्म धावन मार्ग निर्माण गर्न रु आठ करोड तथा ढल निकासका लागि रु नौ करोड खर्च भइसकेको प्रमुख इन्जिनियर न्यौपानेले बताए । निर्माण सम्पन्न गर्न करीब रु ३५ करोड आवश्यक छ ।
Comments
अरु समाचार
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। आज बाल दिवसका...
-
पूर्वमुख्यमन्त्री कार्कीद्वारा पुनः अनसन सुरु
मोरङ। कोशी प्रदेश सरकारका पूर्वमुख्यमन्त्री केदार कार्कीले पुनः अनसन सुरु गर्नुभएको छ । मंगलबार अपराह्न ४ बजेदेखि विराटनगर–७ स्थित देवकोटा...
-
श्रमदानद्वारा सडक मर्मत गर्दै भोजपुरका सिक्रेटारबासी
काठमाडौं। भोजपुरको अरुण गाउँपालिका–७ सिक्रेटारका स्थानीयवासीले श्रमदान गरेर सडक मर्मत गरेका छन् । वर्षात्का कारण सडक हिलाम्मे भएर आवतजावतमा समस्या...
-
झापामा डेङ्गीको सङ्क्रमणबाट दुईजनाको मृत्यु
काठमाडौं । कोशी प्रदेशमा डेङ्गीबाट गत साउनदेखि हालसम्म एक हजार ६५ जना सङ्क्रमित भएका छन् । यस अवधिमा डेङ्गी सङ्क्रमणका...
-
बीएन्डसीलाई एमबीबीएस पढाउन औपचारिक स्वीकृति
काठमाडौं । बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिले लामो पर्खाइपछि चिकित्सा शिक्षा आयोगबाट चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) मा ५०...
-
नेकपा एमाले जिल्ला कमिटी संखुवासभाको तेस्रो पूर्ण बैठक आइतबार सम्पन्न
काठमाडौं । नेकपा (एमाले) जिल्ला कमिटी सङ्खुवासभाको तेस्रो पुर्ण बैठक सम्पन्न भएको छ । एमाले जिल्ला कमीटि अध्यक्ष खड्ग बहादुर...
-
सङ्खुवासभाको खाँदबारीमा योगमाया आयुर्वेद विश्वविद्यालयको केन्द्रीय कार्यालय राख्ने मन्त्रीपरिषदको निर्णय
काठमाडौं । सरकारले सङ्खुवासभाको खाँदबारी नगरपालिकामा योगमाया आयुर्वेद विश्वविद्यालयको केन्द्रीय कार्यालय रहने स्थान तोक्ने निर्णय गरेको छ । २०८१ भदौ...