विश्व ११ बाट बलिङ गर्दै सन्दीप लामिछाने
वेष्ट इन्डिजविरुद्ध नेपाली लेग स्पिनर सन्दीप लामिछानेले इंग्ल्याण्डको लर्डस मैदानमा विहीबार पहिलो टी(२० अन्तराष्ट्रिय खेल खेले। विश्व(११ को टोलीबाट खेलेका सन्दीपले डेब्यू अन्तराष्ट्रिय टी(२० खेलमा १ ओभर बलिङ गर्दै १२ रन खर्चे।
वेन्ड इन्डिजमा गतवर्ष आएको समुन्द्रिक आधीँले क्षति पुर्याएका रंगशालाको पुर्न निर्माणमा सहयोग पुर्याउने उदेश्यले आइसीसीले आयोजना गरेको च्यारिटी खेललार्इ टी(२० अन्तराष्ट्रियको मान्यता दिएको थियो।
१३अौं ओभर बलिङ गर्न आएका सन्दीपले १ छक्कासहित १२ रन बेहोरे। पहिलो बलमा दिनेश रामदिनले दोस्रोमा मोर्लिन सामुयल्सले र तस्रो बलमा रामदिनले १(१ रन जोडेका थिए। सन्दीपको चौथो बलमा सामुयल्सले छक्का प्रहार गरे। यस्तै पाँचौं बलमा उनले ३ रन लिए भने अन्तिम बलमा रामदिनले कुनै रन लिन सकेनन्।
लेगस्पिनरले भरिएको विश्व(११ को टोलीमा त्यसपछि भने सन्दीपले मौका पाएनन्। लेग स्पिनर कप्तान शाहिद अफ्रिदीले ४ ओभरमा ३४ रन खर्चदै १ विकेट लिए भने अर्का लेग स्पिनर रासिद खानले ४ ओभरमा ४८ रन खर्चेर २ विकेट लिए।
टस हारेर ब्याटिङको निम्तो पाएको वेष्ट इन्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९९ रन बनायो। उसका ओपनर इभन लुइसले ५८, रामदिनले ४४ तथा सामुयल्सले ४३ रन जोडे।
२०० रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको विश्व एघारले १६।४ ओभरमा सबै विकेटको क्षतिमा १२७ रन मात्रै बनाउन सकेको थियो। विश्व एघारका लागि थिसारा परेराले ३७ बलमा ७ चौका र ३ छक्काको मद्दतमा ६१ रन बनाए। त्यस्तै, शोहिब मालिकले १२ रन बनाउँदा अन्य खेलाडीले भने राम्रो स्कोर बनाउन सकेनन्। सन्दीपले अविजित ४ रन बनाए।
Comments
अरु समाचार
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
अनियमित मौसमको असर : यस वर्ष धान उत्पादन घट्यो
भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि...
-
सञ्चय कोषको बाँकी रकम हिसाब मिलान गर्नू : अर्थ मन्त्रालय
काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारी सञ्चय कोषमा विगतमा कोषकट्टी भई बाँकी रहेका रकमको भुक्तानी लिन सम्बन्धित सञ्चयकर्तालाई आग्रह गरेको छ।...
-
आगामी निर्वाचनमा उम्मेदवारले सवारीसाधन प्रयोग गर्ने व्यवस्था कस्तो ?
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति...
-
जेनजी समूहको संयुक्त बैठकले मिरजलाई संयोजक तोक्यो, सरकार अपदस्थ गर्नेसम्मका योजना
काठमाडौं । जेनजी आन्दोलनलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यसहित ३० भन्दा बढी जेनजी समूहहरूको संयुक्त बैठकले मिरज ढुङ्गानालाई संयोजक चयन...
-
साफ महिला च्याम्पियनसिप : एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...












