बिममा मदिरा प्रतिबन्ध
बाबियाचौर, म्याग्दी, २० जेठ । म्याग्दीको मालिका गाउँपालिका–७ बिममा मदिरा प्रतिबन्ध लगाउने निर्णय भएको छ ।
वडा कार्यालयमा शनिबार आयोजित जनप्रतिनिधि, युवा क्लब, आमा समूह र अगुवाको भेलाले विवाह, छेवार, किरियालगायत संस्कारगत कार्य तथा सार्वजनिकस्थलमा जाँड, रक्सीलगायत मदिरालाई प्रतिबन्ध लगाउने निर्णय भएको हो । वडाध्यक्ष रेशम जुक्जालीले सरोकारवालाको सुझाव र सर्मथनमा भएको निर्णय कार्यान्वयन गरेर बिमलाई विकृतिरहित नमूना वडा बनाउने बताए ।
भेलाले वडाका सबै बस्तीलाई समेट्ने गरी बिम्वाङ, बिम औल, तल्लोगाउँ, डाँडागाउँ र ढुनोटमा टोल सुधार समिति गठन गरी सामाजिक र विकास निर्माणका कामलाई सहज बनाउने निर्णय गरेको वडा सदस्य बुद्धीबहादुर जुक्जालीले बताए ।
यसअघि स्थानीय आमा समूह र युवा क्लबले बिम्बाङ र तल्लो गाउँमा सार्वजनिक कार्यक्रममा मदिरालाई प्रतिबन्ध लगाएको थियो । साँझ ५ बजेभन्दा अघि मदिरा सेवन गर्नेलाई रु एक हजार र बिक्री गर्नेलाई रु दुई हजार जरिवाना तोकिएको हीराजीत स्मृति युवा क्लबका अध्यक्ष प्रेम जुक्जालीले बताए ।
मदिराको अत्यधिक र अव्यवस्थित प्रयोगका कारण संस्कारगत कार्य महँगो भएको, सामाजिक विकृति बढेको र सुरक्षामा असर परेको ठहर गर्दै मदिरालाई प्रतिबन्ध लगाउने निर्णय भएको हो ।
सोही भेलाले मालिका क्षेत्रको राष्ट्रिय वनलाई वडास्तरीय सामुदायिक वन समूहको मातहत ल्याउने निर्णयसमेत गरेको छ । सो भेला अघि वडास्तरीय युवा सञ्जालको आयोजनामा लागूऔषध दुव्र्यसन न्यूनीकरणसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो ।
मालिका गाउँपालिकाका स्वास्थ्य संयोजक राजेश थापा र नेपाल पत्रकार महासंघका प्रदेश सदस्य सन्तोष गौतमले लागूऔषध दुव्र्यसनीको असर, कारण, नियन्त्रणका उपाय, सामाजिक सञ्जालको प्रयोग, युवासम्बन्धी सरकारका योजनाको बारेमा प्रशिक्षण बताएका थिए ।
Comments
अरु समाचार
-
उपप्रधानमन्त्री विष्णु पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबिच भेटवार्ता
काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबिच बेइजिङमा भेटवार्ता भएको छ । भेटवार्ताका अवसरमा दुई...
-
तनहुँ मालपोतद्वारा ३६ करोड राजस्व सङ्कलन
काठमाडौं । मालपोत कार्यालयले आर्थिक वर्ष २०८०–८१ मा रु ३६ करोड राजस्व सङ्कलन गरेको छ । यो आव २०७९÷८० को...
-
सुनको मूल्यले नयाँ कीर्तिमान
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको...
-
काठमाडौंमा भोलि तेस्रो चीन-नेपाल मिडिया सम्मेलन हुँदै, अन्तर्राष्ट्रिय विषयवस्तुमा छलफलमा केन्द्रित
काठमाडौँ, असोज ९ गते । दक्षिण एसिया नेटवर्क टेलिभिजन तथा नेपाल चाइना मिडिया फोरमद्वारा आयोजित 'चीन नेपाल मिडिया सम्मेलन २०२४'...
-
बाबुको हत्या अभियोग छोरा पक्राउ
काठमाडौं । आफ्ना बाबुको हत्या अभियोगमा औरही गाउँपालिका–३ खजनपुरका शैलेन्द्रकुमार यादवलाई प्रहरीले हिरासतमा लिएको छ । निजमाथि ६५ वर्षीय पिता...
-
के तपाई भिजिट र पर्यटक भिसामा विदेश गएर काम गर्न खोज्दै हुनुहुन्छ ? सचेत हुन विभागको आग्रह
काठमाडौं । नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत रहेको अध्यागमन विभागले भिजिट र पर्यटक भिसामा विदेश गएर कामको खोजी गर्नु गैरकानुनी...
-
युएई दिराम र मलेसियन रिङ्गेटको भाउ घट्यो, अन्य विदेशी मुद्राको कति छ विनिमय दर ?
काठमाडौँ, ९ असोजः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार मङ्गलबारको...
-
दुई सय ७० मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोडिँदै
काठमाडौँ, ९ असोजः एक महिनाभित्र सिन्धुपाल्चोक र रसुवामा सञ्चालित विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादन भएको दुई सय ७० दशमलव तीन मेगावाट...
-
राष्ट्रपति भने-चाडपर्वको गरिमालाई सम्मानजनक बनाऔँ
काठमाडौँ, ९ असोजः राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्वजस्ता मौलिक चाडपर्वले समाजमा आपसी सम्मान, सद्भाव र सहिष्णुताको भावना जागृत गर्दै मुलुकको...