ताजा समाचार

ढल्केबर सव स्टेशन पुगेका कुलमानले भने: ‘ढल्केबर सव स्टेसन असारभित्र सम्पन्न गर्नु नत्र कारवाही गर्छु’

धुनषा २०, जेष्ठ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले धनुषास्थित ढल्केबर सव स्टेशन योजनास्थलको अनुगमन गरेका छन् ।

अनुगमनका क्रममा उनले आउदो असारभित्र धनुषास्थित ढल्केबर सव स्टेशन सम्पन्न गर्न निर्देशन दिदै सम्झौता भएको समयभित्र काम नभए निर्माण कम्पनीलाई कारवाही गर्ने चेतावनी दिएका हुन् । उनको निर्देशनपछि आयोजना निर्माण गरिरहेको कम्पनी टेल्मोस इलेक्ट्रोनिसले असार महिनाभित्र सम्पूर्ण काम सक्ने प्रतिबद्धता जनाएको छ ।

शुरुमा सवस्टेशन निर्माणको जिल्ला पाएको सेन्ट्रल चाइना ग्रिडले काममा आलटाल गरेको थियो । प्राधिकरणले पटक पटक ताकेता गरेपनि सो कम्पनीले काम नगरेपछि प्राधिकरणले २०७४ असोज ६ मा ठेक्का सम्झौता तोडेको थियो । त्यसपछि बोलपत्र आह्वान गरेर २०७४ माघ १२ गते टेल्मोससँग ठेक्का सम्झौता गरेको थियो ।

आगामी असारदेखि ढल्केबर–मुज्जफ्फपुर बिद्युत प्रशारण आयोजना सञ्चालनमा आएपछि नेपाल भारतबीच थप १ सय ५० मेगावाट बिद्युत आदानप्रदान गर्न सकिनेछ । हाल हिँउदको बेला नेपालमा बिद्युत बढी खपत हुने साँझ बिहानको समयमा १ सय २० मेगावाट सम्म विद्युत आयात भइरहेको छ । यो आयोजना सम्पन्न भएपछि दुई देशबिच कूल १ सय ७० मेगावाटसम्म बिद्युत आदानप्रदान गर्न सम्भव हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org