ताजा समाचार

ग्वाटेमालामा विशाल ज्वालामुखी विष्फोट, घरहरु आगाको लाभासँगै बगे !

काठमाडाैं २१, जेष्ठ । ग्वाटेमालामा सोमबार भएको विशाल ज्वालामुखी विष्फोटमा परेर २५ जनाको मृत्यु भएको छ ।

ज्वालामुखी विष्फोटबाट सयौं व्यक्ति घाइते भएका छन् भने १७ लाखभन्दा बढी व्यक्ति प्रभावित भएका छन् । ग्वाटेमालाको राजधानी ग्वाटेमाला सिटीबाट करिब ४० किलोमिटर टाढा भएको ज्वालामुखी विष्फोटका निकै भयवाह तस्विरहरु सार्वजनिक भएका छन् ।

ज्वालामुखी विष्फोट भएलगत्तै नजिकै गाउँहरुमा त्यसको लाभा बगेको र धेरै घरहरु जलेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् । ज्वालामुखी विष्फोटलगत्तै राजधानी ग्वाटेमालासिटीको अन्तर्राष्ट्रिय विमानस्थल समेत बन्द गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org