तीन पूर्वप्रहरी अधिकृतमाथी पनि छानबीन गर्नु: गृहमन्त्री थापा
काठमाडाैं २२, जेष्ठ । ३३ किलो सुन प्रकरणमा छानबिन गर्दा ककसको टाउको दुखेको छ उनिहरुलाई पनि छानविनको दायरामा ल्याउन गृहमन्त्री रामबहादुर थापाले छानविन समितिलाई आदेश दिएका छन् । आइतवार एक पुर्व एआईजी र दुई पूर्व डिआइजीले ३३ किलो सुन प्रकरणमा छानविन प्रभावकारी नभएको र प्रहरीलाई फँसाएको अभिव्यक्ति दिएपछि गृहमन्त्री रामबहादुर थापाले छानविन समितिका उक्त आदेश दिएका हुन् ।
साँझ गृह मन्त्रालयमा भएको ब्रिफ्रिङमा मन्त्री थापा कडा रुपमा प्रस्तुत भएका थिए। गृहमन्त्रीलाई उद्धृत गर्दै एक सहभागीले भने, ुसुन तस्करीमा संलग्नलाई पक्राउ गर्दा कसकसको टाँउको दुख्दैछ त्यो खुल्दै गएको छ। नत्र किन बोल्दै हिड्थे ।
गृहमन्त्री थापाले सुन तस्करीमा संलग्न भएकाको बचाउ गर्दै हिँड्नेलाई समेत अनुसन्धानको दायरमा ल्याउन समितिलाई निर्देशन दिए। गृहमन्त्री थापाले सुन तस्करीलाई उन्मुक्ति दिलाउन समूह नै सक्रिय भएको समेत बताएका थिए।
आइतबार बिहान पाटनको ढोकैमा क्याफेमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै पूर्व डिआइजी रमेश खरेलले सरकारको अनुसन्धान निष्पक्ष नभएको र प्रहरीलाई फँसाएको अभिव्यक्ति दिएका थिए।
बाहिर जे कुरा आए पनि आफ्नो तरिकाले अनुसन्धान जारी राख्न थापाले निर्देशन दिएको बिफ्रिङमा सहभागीले बताए। गृहमन्त्रीलाई उद्धृत गर्दै भने, ुसरकारले गठन गरेको छानविन समिति हो। सरकार तपाईँहरुको कामप्रति विश्वस्त छ। निश्चिन्त भएर अनुसन्धान गर्नुहोस्।‘
सुन प्रकरणमा छानविन समितिले प्रतिवादी बनाएका ३० जनालाई जिल्ला अदालत मोरङले थुनामा पठाएको छ। यसरी थुनामा जानेमा मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती उर्फ ‘गोरे’ देखि एसएसपी दिवेश लोहनीसमेत छन्।
गृहमन्त्री थापाले छानविन समितिलाई थप अधिकारको आवश्यक परे सरकारले प्रत्यायोजन गर्ने समेत बताएका थिए। त्यस्तै मन्त्री थापाले ८८ किलो सुन प्रकरणको पनि अनुसन्धान गर्ने निर्देशन दिएका छन्।
आइतबार प्रहरीको बचाउ गर्न पुर्व एआईजी राजेन्द्रसिह भण्डारी र डिआईजी रमेस खरेल सुन काण्डमा मुछीएक पुर्व प्रहरी अधिकारी हुन् ।
भण्डारी एपी हुदाँ सुन काण्डमा परेक थिए भने खरेल सुन को सुराकी आफ्नी श्रीमतीलाई बनाउदै आएक छटू प्रहरी हुन् । भण्डारी र खरेल को सम्बन्ध सई बालकृष्ण संजेल र नक्कली प्रमाण पत्र धारी सई सँग थियो ।
Comments
अरु समाचार
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
अनियमित मौसमको असर : यस वर्ष धान उत्पादन घट्यो
भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि...
-
सञ्चय कोषको बाँकी रकम हिसाब मिलान गर्नू : अर्थ मन्त्रालय
काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारी सञ्चय कोषमा विगतमा कोषकट्टी भई बाँकी रहेका रकमको भुक्तानी लिन सम्बन्धित सञ्चयकर्तालाई आग्रह गरेको छ।...
-
आगामी निर्वाचनमा उम्मेदवारले सवारीसाधन प्रयोग गर्ने व्यवस्था कस्तो ?
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति...
-
जेनजी समूहको संयुक्त बैठकले मिरजलाई संयोजक तोक्यो, सरकार अपदस्थ गर्नेसम्मका योजना
काठमाडौं । जेनजी आन्दोलनलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यसहित ३० भन्दा बढी जेनजी समूहहरूको संयुक्त बैठकले मिरज ढुङ्गानालाई संयोजक चयन...
-
साफ महिला च्याम्पियनसिप : एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...












