पानीमा डुबेर किशोरीको मृत्यु
बर्दिवास, २७ जेठ । महोत्तरी जिल्लामा जताततै बालुवाढुङ्गा निकाल्न खनिएका खाल्डामा बर्षेनि मानवीय क्षति हुने गरेको छ । पछिल्लोपटक शनिबार बर्दिवास नगरपालिका–१० खयरमारामा एक १६ वर्षीया किशोरीको त्यस्तै खाल्डाको पानीमा डुबेर मृत्यु भएको छ ।
बर्दिवास–१० का हिरासिंह थिङ्की १६ वर्षीया छोरी सुषमा थिङ्को जेसिभी मेसिनले बालुवाढुङ्गा उत्खनन गरेको खाल्डोमा डुब्दा शनिबार साँझ मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । दिउँसो साथीहरुसँग गाईवस्तु चराउन गएकी सुषमा पानीले भरिएको खाल्डोमा पौडी खेल्न पस्दा डुबेकी हुन् । उनी डुब्नासाथ वरपर हल्लिखल्ली भएपछि परिवारजनले बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषित गरेका इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक वासुदेव थापाले बताए ।
सुषमा बर्दिवास–१० स्थित लक्ष्मीनारायण माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिइन् । शवपरीक्षणका लागि जनकपुर अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय प्रहरीले जनाएको छ ।
यसअघि गत वर्ष जेठमै बर्दिवास–१३ बिजलपुरामा र २०७३ सालको असारमा बर्दिवास–९ पशुपतिनगरमा यस्तै खाल्डामा डुबेर एक÷एक जनाको मृत्यु भएको थियो । बर्षेनि खाल्डामा डुबेर मानवीय क्षति हुँदै आएपछि यस भेगका सर्वसाधारणले बालुवाढुङ्गा उत्खनन गर्ने काम ठाउँ छनोट गरेर मात्र गर्न र ठूलठूला खाल्डा बनेका ठाउँ पुर्ने व्यवस्था मिलाउन सम्बन्धित निकायसँग माग गरेका छन् ।
Comments
अरु समाचार
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। आज बाल दिवसका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...
-
वर्षासँगै आएको पहिरोले सुदूरपश्चिमका विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । ठाउँ ठाउँमा गएको पहिरोका...
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ...