रूखबाट लडेर मृत्यु
फलेवास, पर्वत, २७ जेठ । पर्वतको मोदी गाउँपालिका–६ तिलाहारमा एक व्यक्तिको शनिबार रूखबाट लडेर मृत्यु भएको छ ।
सोलुखुम्बु सल्लेरी घर भई विगत ३ वर्षदेखि सोही क्षेत्रमा मजदुरी गर्दै आएका ४० वर्षीय राजकुमार बस्नेतको रूखबाट लडेर मृत्यु भएको हो । विगत एक महिनादेखि स्थानीय दिलमाया नेपालीको घरमा बस्दै आएका बस्नेत शनिबार साँझ दिलमायाको बारीमा रहेको काभ्रोको रुखमा घाँस काट्न चढदा रूखबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
रक्सीको नशामा ढोकाको आग्लो प्रहार गर्दा एकको मृत्यु
पर्वतको फलेवास नगरपालिका–२ थापाठानामा ढोकामा लगाउने आग्लो प्रहार गरेर एक जनाको मृत्यु भएको छ । स्थानीय थापाठाना बजारका विनोदविक्रम कुँवरको आग्लो प्रहारबाट शंकरपोखरीका ३३ वर्षीय सूर्यबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक दिलीप घिमिरेले जानकारी दिए ।
मादकपदार्थ सेवन गरेका सूर्य र उनकी श्रीमतीले विनोदलाई गालीगलौज गरेपछि उनीहरूबीच झगडा भएको स्थानीय प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब निरीक्षक यमबहादुर नेपालीले जानकारी दिनुभयो । झगडाकै क्रममा विनोदले सूर्यलाई पटक पटक नबोल्न आग्रह गर्दा नमानेपछि ढोकाको आग्लो प्रहार गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
उपचारका क्रममा नै सूर्यको शनिबार मृत्यु भएको हो । अभियुक्त विनोदलाई शुक्रबार राति नै पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय पर्वतको नियन्त्रणमा राखिएको छ भने विनोदकी श्रीमती राधिकालाई पनि थप अनुसन्धानका लागि शनिबार नियन्त्रणमा लिइएको छ । ।
Comments
अरु समाचार
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। आज बाल दिवसका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...
-
वर्षासँगै आएको पहिरोले सुदूरपश्चिमका विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । ठाउँ ठाउँमा गएको पहिरोका...
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ...