ताजा समाचार

डा उपेन्द्र देवकोटाको दुवै मिर्गौला फेल : हालसम्म ४ पटक डायलाइसिस

 

काठमाडौं,२७ जेठ ।  पित्तनलीको क्यान्सरबाट गम्भीर बिरामी भएका वरिष्ठ न्युरो सर्जन डा उपेन्द्र देवकोटाको दुवै मिर्गौला फेल भएकाे न्युरो अस्पतालका एक चिकित्सकले जानकारी दिएका छन् ।

पित्तनलीको क्यान्सरका कारण शरीरमा फैलिएको टक्सिनका कारण उनको मिर्गौला फेल भएको हो।

मिर्गौला फेल भएकाे कारण डा देवकोटालार्इ डायलाइसिस गर्न सुरु गरिएको छ। अहिलेसम्म डा देवकोटाको ४ पटक डायलाइसिस भइसकेको न्युरो अस्पतालका एक चिकित्सकले बताएका छन् ।

डा देवकोटालार्इ न्युरो अस्पतालको आइसियुमा नै बनस्थलीस्थित किड्नी सेन्टरबाट आएका टोलीले डायलाइसिस गरिरहेका छन्। मिर्गौलाको उपचारमा भने किड्नी सेन्टरका डाक्टर ऋषिकुमार काफ्ले र त्रिवि शिक्षण अस्पतालकी डाक्टर दिव्या सिंह शाह संलग्न छन्।

डा देवकोटाको मिर्गौलाले काम गर्न छाडेपछि डायलाइसिस सुरु गरिएको हो। उनको शुक्रबार पनि डायलाइसिस गरिएको थियो। आइतबार पनि डा देवकोटाको डायलाइसिस गर्ने तयारी भइरहेको छ। क्यान्सरका कारण गम्भीर अवस्थामा पुगेका डा देवकोटाको मिर्गौलाको पहिलो उपचार सुरु गरिएको छ। डायलाइसिस मेसिनको सहयोगमा मिर्गौला रोगीहरुको रगत शुद्धीकरण गर्ने प्रक्रिया होमो–डायलाइसिस हो। मिर्गौलाका बिरामीहरुले हप्ताको ३ पटकसम्म होमो–डायलाइसिस गर्नुपर्ने हुनसक्छ।

मिर्गौला फेल भएपछि डाक्टर देवकोटा थप गम्भीर भएका हुन्। यही कारण उनलार्इ भेन्टिलेटरमा राखेर उपचार गर्नुपरेको थियो। डायलाइसिस र निरन्तरको उपचारका कारण शनिबार उनको स्वास्थ्य अवस्थामा केही सुधार आएको हो। स्वास्थ्य अवस्थामा सुधार आएपछि डा देवकोटालार्इ उनकै इच्छा अनुसार शनिबार जन्मथलो गोरखा लगिएको थियो। उनलार्इ केही दिनअघि नै गोरखा लैजाने तयारी भए पनि मिर्गौला फेलको समस्याले गाँजेपछि गोरखा जाने मिति सरेको हो।

डा देवकोटालार्इ बाइल डक्ट क्यान्सर ९कोलान्जिओकार्सिनोमा० देखिएपछि उपचारका लागि लन्डन लगिएको थियो। बेलायतमा पाँच महिना लामो उपचारपछि उनलाई गत बैसाख १५ गते नेपाल ल्याइएको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org