ताजा समाचार

 देशभर मनसुन सक्रिय हुन अझै केही दिन लाग्ने

 

काठमाडौं,२७ जेठ । नेपालमा मनसुन भित्रिइसके पनि देशभर सक्रिय हुन अझै केही दिन लाग्ने भएको मौसमविद समीर श्रेष्ठले बताएका छन् ।

जुन १५ तारिखभित्र मनसुन देशभर सक्रिय हुने श्रेष्ठले बताएका हुन् ।

जेठ २५ गते देखि पूर्वी भेगबाट नेपालमा मनसुन प्रवेश गरेको थियो । नेपालमा सामान्यतया मनसुन  १० जुनमा प्रवेश गर्ने गर्दछ । तर याे  वर्षको मनसुन भने दुई दिनअघि नै शुरू भएको श्रेष्ठले बताएका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org