ताजा समाचार

मन्त्रिपरिषद् निर्णय: नेपाल प्रहरीमा ३ एआईजी मात्रै राखिने

१६ सय नेपाल प्रहरीको दरबन्दी खुलाउने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ

काठमाडौं २७, जेष्ठ । नेपाल प्रहरीमा अब तीन जना मात्र एआईजी रहने भएका छन् ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले एआईजीको पद कटौतीको निर्णय गरेको हो ।

गृह मन्त्रालयले ५ एआईजी राख्ने प्रस्ताव गरेको थियो । तर, प्रदेशमा डीआईजी राखेर महानगरीय प्रहरी आयुक्तको कार्यालयमा एआईजी राख्नु उपयुक्त नहुने निष्कर्ष निकाल्दै मन्त्रिपरिषद् बैठकले प्रहरीमा तीन जना मात्र एआईजी राख्ने निर्णय गरेको हो ।

त्यस्तै, नेपाल प्रहरीलाई सबै स्थानीय इकाईमा लैजान १६ सय नेपाल प्रहरीको दरबन्दी खुलाउने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।

आगामी वर्ष तीन हजार एकसय एक प्रहरीको दरबन्दीका लागि गृहलाई स्वीकृति दिने निर्णय गरिएको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

यसैबीच, रसुवाको स्याफ्रुबेंशी–चीन पुल र सिन्धुपाल्चोकको मितेरी पुल पुनर्निर्माणका लागि परराष्ट्र, ऊर्जा र अर्थ मन्त्रालय र चीन सरकारबीच सहमति भएको मन्त्री बाँस्कोटाले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org